दोलखा । दोलखाको बैतेश्वर गाउपालिका गैरीमुदी जोरमानेदेखि काठमाडौंका लागि छुटेको बस दुर्घटना भएको छ । जोरमाने देखि काठमाडौंका लागि छुटेको बा २ ख ५४२९ नम्बरको बस गोपिखोलामा दुर्घटना हुँदा १६ जना घाइते भएका हुन ।
गोपिखोलामा भएको दुर्घटनामा घाइते भएका यात्रुको दोलखा अस्पतालमा र गम्भीर घाइतेलाई काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । घाइतेलाई तत्काल उद्दार गरी उपचारको लागि सदरमुकाम चरिकोट पठाइएको र घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको बैतेश्वर गाउपालिकाका अध्यक्ष छवि लामाले जानकारी दिनु भयाे । 
तीब्र गतिको कारण घुम्ती मोड्ने क्रममा बस गोपिखोला मोडमा दुर्घटनामा परेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनसन्धानले देखाएको छ । दुर्घटना बारे थप अनुसन्धान भइरहेको दोलखा प्रहरीले जनाएको छ । घाइतेकाे उद्दारमा बैतेश्वर गाउपालिकाका अध्यक्ष लामा आफै खटिनु भएको थियो ।
