भक्तपुर । प्राकृतिक र सुन्दर सांस्कृतिक धरोहरको बीच भागको देखिएको यो इमारत के होला भन्ने जो कसैलाई लाग्न सक्ला । यो ठाउँमा पहिलो पकटक पाइला टेक्ने मानिसले सोच्ने गर्लान यो भित्र के नै पो छर भनेर । यहाँ बाहिरबाट पर्खाल जस्तो मात्रै देखिन्छ । हुन पनि बाहिरबाट हेर्दा खासै केही नदेखिने तर यसको भित्री भागमा प्रवेश गर्दा लाग्छ आफुले पनि जिन्दगीका केही वसन्त यही विताउन पाए भाग्यमानी भइथ्यो भनेर ।
हो यो बाहिरबाट हेर्दा केही नदेखीने तर भित्र ज्ञानको कुञ्ज भएको ठाउँ हो ऐतिहासिक धार्मिक र विश्वसम्पदा सूचीमा सूचीकृत सम्पदा चाँगुनारायणको मन्दिरको काखैमा अवस्थित दोलागिरि उच्च माध्यामिक विद्यालय । यो विद्यालय दालागिरि पर्वतको एक कुनामा २०३१ पौष १३ गते यहाँका स्थानीय शिक्षासेवी, समाजसेवी तथा शिक्षाको उज्यालो किरण जनमानसमा पुर्याउन चाहने सरस्वती भक्तहरुको सत्प्रयासबाट स्थापना भएको विद्यालयका प्रधानाध्यापक शिवबहादुर खुलिमुलिको भनाई छ ।
यो दोलागिरि माध्यमिक विद्यालयको इतिहास आफ्नै मौलिक प्रकारको रहेको छ । सुरुमा सामान्य स्थानीय कच्चा पदार्थको प्रयोगबाट–टहराको रुपमा स्थापित यो विद्यालय अहिले आधुनिक कंक्रिटका भवनहरुले सजिएको छ । यहाँ सुन्दर हरियाली वातावरणकोबीच भागमा रहेका विद्यालयका भवनहरु साच्चै हेर्न लायक सुन्दर छन् ।
सोमबार विद्यालयको नवनिर्मित भवन एक समारोहबीच हस्तानतरण गरिएको छ । विद्यालयको नयाँ चारकोठे भवन हस्तान्तरण गर्दै जिल्ला आयोजना कार्यान्वयन ईकाई प्रमुख भवरत बहादुर श्रेष्ठले भौतिक संरचना निर्माण गरेरमात्र नहुने भन्दै संरक्षण्मा ध्यान दिनुपर्ने बताए । उनले भने “विद्यायको चार कोठे भवन हस्तान्तरण भएपछि विद्यार्थीले विद्यालय भरिभराउने वातावरण बनाउने काम तपाइहरुको हो”
यो विद्यालयले प्राथमिक तह कक्षा १ देखि ५ सम्म २०४० सालमा, निम्न माध्यमिक तह कक्षा ६ देखि ८ सम्म २०५५ सालमा, माध्यमिक तह १ देखि १० सम्म २०५९ सालमा अनुमति प्राप्त गरी सञ्चालन हुँदै आएको विद्यालयका प्रधानाध्यापक खुलिमुलिले जानकारी दिए । उनले भने “२०६८ सालबाट कक्षा ११ र १२ उच्च माध्यमिक शिक्षा परीषद्बाट सम्बधन प्राप्त गरी चरणबद्ध रुपमा कक्षाहरु स्वीकृती र अनुमतिमा सञ्चालन भैरहको छ”
यस दौलागिरि माध्यमिक विद्यालयमा हाल इसिडि कक्षामा ६ जना, कक्षा १ देखि ५ सम्म ४८ जना, कक्षा ६ देखि ८ सम्म ५८ जना, कक्षा ९ र १० मा ५८ जना तथा कक्षा ११ र १२ मा २५ जना गरी १९१ जना विद्यार्थीहरुले अध्ययन गरी रहेको प्रधानाध्यापक खुलिमुलिको भनाई छ । यस विद्यालयमा इसिडि तहमा १ जना, प्रावि तहमा ११ जना, निमावि तहमा १ स्थायी र ३ राहत गरी ४ जना, मावि तहमा १ स्थायी र २ राहत गरी ३ जना सहित जम्मा १९ जना शिक्षकहरु कार्यरत रहेका छन् ।
उच्च माध्यमिक तहमा ६ जना, सहायक लेखापाल १ र विद्यालय सहयोगीका रुपमा २ जना गरी ३ जना कर्मचारी कार्यरत रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार तामाङले जानकारी दिए । उनले यो विद्यालयलाई विकास गर्न व्यवस्थापन समिति निरन्तर खटिरहेको बताए । अध्यक्ष तामाङले भने “विद्यालयको घेरबार, भौतिक संरचना निर्माण र विद्यालयमा शिक्षक दरबन्दीको खोचो छ । यो खाचोलाई चाँगुनारायण नगरपालिकाले पूर्ति गरिदिन अनुरोध गर्दछु” ।
कार्यक्रममा चाँगुनारायण नगरपालिका शिक्षा शाखा प्रमुख बीरबहादुर खड्का, चाँगुनारायण नगरपालिका वडा नं ४ का वडा अध्यक्ष बुद्धिलाल मर्हजन, विद्यालयका संस्थापक अध्यक्ष तथा सल्लाहकार चक्रधरानन्द राजोपाध्यायलगायतले विद्यालयको उन्नयनका लागि सबै चाँगुनारायबासी निरन्तर लागि रहनु पर्ने बताएका थिए ।

