भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

धनुषामा राष्ट्रियस्तरको महिला हक्की प्रतियोगिता हुने

धनुषामा राष्ट्रियस्तरको महिला हक्की प्रतियोगिता हुने

धनुषा । धनुषाको नक्टाझिजमा पहिलो पटक राष्ट्रियस्तरको पाँचौँ संस्करणको साहाना प्रधान स्मृति महिला हक्की प्रतियोगिता हुने भएको छ ।मधेस प्रदेशको राजधानी जनकपुरधामदेखि उत्तरी भेगमा पर्ने मिथिला नगरपालिका–२ नक्टाझिजस्थित हिमालय युवा क्लबको खेल मैदानमा यही माघ २३ देखि २८ गतेसम्म राष्ट्रियस्तरको खेल हुने नेपाल हक्की सङ्घले जनाएको छ ।

सङ्घका अनुसार प्रतियोगितामा सातवटै प्रदेश र नेपाल आर्मीको टोलीको सहभागिता रहनेछ । मधेस प्रदेशमा महिला हक्की टोलीलाई उकास्न र महिला सशक्तीकरणमा जोड दिन राष्ट्रियस्तरको खेल मधेस प्रदेशमा ल्याउन सफल भएको हक्की टोली मधेस प्रदेश संयोजक रवीन्द्र सिंहले बताउनुभयो । प्रतियोगिता नेपाल हक्की सङ्घ र मिथिला नगरपालिकाको संयुक्त आयोजनामा हुनेछ ।

 


Thali Mobile Pvt.Ltd.