भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

धानबालीमा लाग्ने रोग किरा व्यवस्थापन गर्न किसानहरुलाई सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गर्ने नगरपालिकाको उद्देश्य

धानबालीमा लाग्ने रोग किरा व्यवस्थापन गर्न किसानहरुलाई सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गर्ने नगरपालिकाको उद्देश्य

भक्तपुर । भक्तपुर नगरपालिकको मेयर सुनिल प्रजापतिले धानबालीमा लाग्ने रोग किरा नियन्त्रणको विषयमा वडा वडामै प्रशिक्षणहरु सञ्चालन गरी किसानहरुलाई सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गर्ने नगरपालिकाको उद्देश्य रहेको बताएका छन् । भक्तपुर नगरपालिकाको आयोजनामा नगरभित्रका किसानहरुबीच धानबालीमा लाग्ने रोग किरा व्यवस्थापन तथा समसामयिक विषयमा मंगलबार भएको कृषकहरुको भेलालाई सम्बोधन गर्दै मेयर प्रजापतिले उक्त कुरा बताएका हुन ।

नेपाल कृषि अनुसन्धान परिषद (नार्क) ले किसानसँग जोडिएका कुनै काम गर्न नसकेको बताउदै उनले नार्कका कृषि वैज्ञानिकहरुलाई नयाँ नयाँ अनुसन्धानमा क्रियाशील बनाउनुपर्ने र कृषि प्राविधिकहरु उत्पादन गर्नेतर्फ सरकारले जोड दिनुपर्ने तर्क गरे । भक्तपुर नपाले माटो परीक्षण गर्ने प्रयोगशाला निर्माणमा जोड दिने बताउँदै नेपाललाई आत्मनिर्भर बनाउन कृषि अर्थतन्त्रलाई बलियो बनाउनुपर्ने आजको आवश्यकता रहेको उनको भनाई थियो ।

गण्डक सम्झौताको कारण तराईका किसानहरुले समयमै धान रोप्न नसकेको यथार्थ बताउँदै यसले नेपालमा खाद्यान्न उत्पादनमा कमी ल्याउनुका साथै विदेशबाट धेरै मात्रामा खाद्यान्न आयात गर्नुपर्ने अवस्था सिर्जना हुनेतर्फ सबै सजग हुनुपर्ने उनले बताए ।

भक्तपुर नपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले किसानहरुलाई रोग नियन्त्रणका उपायहरुबारे सजग बनाए खाद्यान्न उत्पादनमा समेत वृद्धि हुने भएकोले नगरपालिकाले यस किसिमको कार्यक्रम आयोजना गर्दै आइरहेको जानकारी दिए । नेक्राकिसंघका उपाध्यक्ष गोविन्द दुवालले नेपालले कृषि प्राविधिकहरुको उत्पादनमा जोड दिनुपर्ने बताउँदै धानबालीमा लाग्ने रोगहरुबारे किसानहरु समयमै सचेत भए भविष्यमा हुने नोक्सानीबाट जोगिने बताए ।

 


Thali Mobile Pvt.Ltd.