भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णाली प्रदेश सभामा विपक्षीको अवरोध, बैठक स्थगित | पेट्रोलियम पदार्थमा कृत्रिम अभाव गराउनेमाथि कारबाही गर्न राष्ट्रियसभामा माग | पाकिस्तानमा मनसुनी विपद् : वर्षाजन्य घटनामा ११ जनाको मृत्यु, २७ घाइते | सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित | अविरल वर्षाले कैलाली-कञ्चनपुर जलमग्न, जनजीवन प्रभावित | कर्णाली राजमार्गमा गाडी दुर्घटना : एक जनाको शव फेला, अन्य यात्रुको खोजी जारी | राष्ट्र बैंकले देशभर ग्राहक सन्तुष्टि सर्वेक्षण गर्ने, १० हजारभन्दा बढी नमुना सङ्कलन गरिने | थमन विक हत्या प्रकरण : पूर्वसांसद लक्ष्मी महतोसहित ६ जनालाई ५ वर्ष कैद, ३ जनाको जन्मकैद सदर |

नगरकोटमा विदेशी पाहुनालाई टिका

नगरकोटमा विदेशी पाहुनालाई टिका

भक्तपुर । सुन्दर पर्यटकीय नगरी नगरकोटमा विदेशी पाहुनालाई टीका लगाएर स्वागत गरिएकाे छ । नगरकोट घुम्न आएका विदेशी पाहुनालाई टीका लगाएर दशैं मनाएको हाे ।

चागुनारायण नगरपालिका वडा न ६ का वडाअध्यक्ष तथा पर्यटन व्यवसाय धन बहादुर लामाले आज विहान टीका लगाउने कार्य सम्पन्न भएको बताए ।

संस्कृतिको संरक्षण तथा पर्यटन प्रबर्द्धनमा टेवा पुर्याउन नगरकोट आगमन हुने विदेशी तथा स्वदेशी पर्यटकलाई बिजया दशमीको शुभअवसरमा नगरकोटका स्थानीयले टिका लगाएर स्वागत गरेका हुन ।

अमेरिका, क्यानडा, जर्मनी, बेलायत, जापानलगायत विभिन्न देशका विदेशी पर्यटकलाई दसैंको टीका लगाएको नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नवीन गुरूङले बताए ।

 


Thali Mobile Pvt.Ltd.