भर्खरै : Sorry, your browser does not support inline SVG.
गाजाको ९९ प्रतिशतभन्दा बढी भूभाग प्रदूषित, २३ लाख प्यालेस्टिनीको स्वास्थ्य जोखिममा | सुनकोशी-मरिणको १६ अर्बको ठेक्का रद्दमा बालेन टिममाथि प्रश्न, सात दिनभित्र कागजात बुझाउन निर्देशन | मलेसिया जाने कामदारबाट अर्बौँ ठगीको आरोप : दुई पूर्वमन्त्रीसहित १० जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति | बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो, आगजनी र बम विस्फोटका घटनापछि १२४ जना पक्राउ | पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा |

नदीमा बहाव बढेपछि सबै नागरिकलाई सुरक्षित स्थानमा रहन प्रशासनकाे आग्रह,सुरक्षाकर्मी ‘हाइअलर्ट’मा

नदीमा बहाव बढेपछि सबै नागरिकलाई सुरक्षित स्थानमा रहन  प्रशासनकाे आग्रह,सुरक्षाकर्मी ‘हाइअलर्ट’मा

डोटी । बाढीको सतह अत्यधिक बढेपछि अछाम र बाजुरा जोड्ने मोटरेवल पुलबाट आउ–जाउ गर्न रोक लगाइएको छ ।

सेती नदीमा बाढीको सतहले पुल छोए हो । आज बिहानैदेखि सो पुल भएर आउ–जाउ गर्न रोक लगाइएको दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक रुपसिंह थापाले बताए । सिलगढीलगायत अछाम तथा बाजुरा जानका लागि आएका दर्जनौं सवारी साधन पिपल्ला बजारमा रोकिएको स्थानीयले बताएका छन् ।

८.४ क्युसेक पानीको बहाव मापन पुगेको बाढी मापन केन्द्रले जनाएको छ । जलसतह मापनभन्दा अधिक बढेको छ । ‘वार्निङ प्वाइन्ट’ भन्दा माथि रहेको केन्द्रले जानकारी दिएको छ ।

लगातारको वर्षाका कारण नदीमा बहाव बढेपछि जिल्ला प्रशासन कार्यालयले सबै नागरिकलाई सुरक्षित स्थानमा रहन आग्रह गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.