भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

ननग्रेड आएका कक्षा १२ का विद्यार्थीले सबै विषयमा ग्रेडवृद्धि परीक्षा दिन पाउने

ननग्रेड आएका कक्षा १२ का विद्यार्थीले सबै विषयमा ग्रेडवृद्धि परीक्षा दिन पाउने

काठमाडौं । कक्षा १२ मा ननग्रेड (एनजी) आएका सबै विषयमा विद्यार्थीले ग्रेडवृद्धि परीक्षा दिन पाउने भएका छन् । यो नियम लागू भएसँगै दुईभन्दा बढी विषयमा अनुत्तीर्ण वा ननग्रेड आएमा विद्यार्थीले ग्रेडवृद्धि परीक्षा दिन पाउने भएका हुन् ।

यसले विद्यार्थीमा राहत भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ०७८ को लेटर ग्रेडिङ निर्देशिका संशोधन गर्दैै यो व्यवस्था लागू गर्ने निर्णय गरेको हो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संशोधन भएको निर्देशिका लागू गर्ने निर्णय गरेको थियो ।

यो नियम यसै वर्षदेखि लागू हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए । यसअघि कक्षा १२ मा दुईवटा विषय लागेमा ग्रेडवृद्धि परीक्षा दिन पाइन्थ्यो । त्यसभन्दा बढी विषय लागेमा अर्को वर्ष पूरै विषयको परीक्षा दिनुपर्ने बाध्यतात्मक अवस्था थियो ।

अब भने जतिवटा विषय अनुत्तीर्ण छन् त्यतिवटा विषयमा मात्रै परीक्षा दिए पुग्नेछ । तर, दुईवटाभन्दा बढी विषय लागेमा अर्को वर्ष मात्रै ननग्रेड परीक्षा दिन पाइनेछ । दुईवटा विषय लागेमा पुरानै नियमअनुसार त्यतिवेलै ग्रेडवृद्धि जाँच दिन पाइने व्यवस्था छ ।

निर्देशिकामा कक्षा १२ मा परीक्षा दिन पाउने तथा उत्तीर्ण हुनैपर्ने अवधि पनि घटाइएको छ । यसअघि पाँच वर्षभित्रमा पनि १२ पास गरे हुन्थ्यो भने अब सो अवधिलाई घटाएर तीन वर्षमा झारिएको छ ।

 


Thali Mobile Pvt.Ltd.