अन्तत नागरिकता विधेयक अगाडि बढाउने सत्ता गठबन्धनको निर्णय

अन्तत नागरिकता विधेयक अगाडि बढाउने सत्ता गठबन्धनको निर्णय

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकताको विधेयकलाई अगाडि बढाउने प्रस्ताव गरेका छन् । बुधबार सत्तारूढ पाँच दलीय गठबन्धनको बैठकमा प्रधानमन्त्री mदेउवाले नागरिकता विधेयकलाई अगाडि बढाउने प्रस्ताव गरेका हुन ।

पाँच दलिय गठबन्धनको बैठकमा शान्ति प्रक्रियालाई चाँडै निष्कर्षमा पुर्‍याउनका लागि समेत छलफल भएको जनाइएको छ । बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले शान्ति प्रक्रियाको बारेमा प्राप्त भएको विवरणको प्रगति प्रतिवेदन पनि प्रस्तुत गरेका थिए ।

बैठकमा कतिपय नागरिकले बुबाआमा नेपाली नागरिक भए पनि नागरिकताविहीन हुनुपरेको भएकाले नागरिकताको समस्यालाई समाधान गर्न सरकार अघि बढेको बताएको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.