भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

नापी कार्यालयको बेथितिः कर्मचारीको लापरवाही, सेवाग्राही मर्कामा

नापी कार्यालयको बेथितिः कर्मचारीको लापरवाही, सेवाग्राही मर्कामा

जलेश्वर, । जग्गाको कित्ताकाटका लागि विनित चौधरीले विगत २१ दिनदेखि महोत्तरीको जलेश्वरस्थित नापी कार्यालयमा धाउँदै आएका छन् । जलेश्वर नगरपालिका–५ का चौधरीले कार्यालयका कर्मचारीले पटक पटक समय दिएर टार्ने गरेकाले शुक्रबार पनि जग्गाको कित्ताकाट नै नगराई उहाँ रित्तै फर्कनु भएका हुन् । “सबै कागजात ठिक्क थियो । फाँटवालाले सिफारिस जग्गा किताकाट नगरिदिँदा रित्तै फर्किनुपयो”, उहाँले भन्नुभयो, “हामीजस्ता सर्वसाधारणलाई जताबाट पनि मर्का नै छन् ।” आफूलाई त्यहाँका कर्मचारीले पटक–पटक समय दिएर टार्ने गरेको र आजसम्म पनि आफ्नो काम नगरिदिएको उहाँको गुनासो छ ।

त्यस्तै कित्ताकाटकै लागि कार्यालयमा २५ दिनसम्म धाउँदै आउनुएका जलेश्वर नगरपालिका–२ का अनिलकुमार साहले पनि त्यस कार्यालयका कर्मचारीले विभिन्न बहाना बनाउँदै काम नगरिदिएको गुनासो गर्नुभयो । जिल्लाकै सोनमा गाउँपालिकाको खैरबन्नीबाट विगत एक महिनादेखि कार्यालय धाउँदै आउनुभएका एक ६२ वर्षीय वृद्धको पनि जग्गा लालपूर्जा सम्बन्धी काम हुन सकेको छैन् । करिब ४५ किलोमिटर टाढाबाट जग्गा लालपूर्जा सम्बन्धी काम लिएर सदरमुकाम जलेश्वर आउनुभएका ती वृद्धले विगत एक महिनादेखि काम लिएर कार्यालय धाउँदा पनि कर्मचारी काम नगरिदिएको बताए।

यी त केही उदाहरण मात्र हुन् । नापी कार्यालयमा काम लिएर आउने अधिकांश सर्वसाधारणको समयमा काम हुन नसकेको गुनासो बढ्दै गएको छ । यहाँका कर्मचारीले विभिन्न वहानामा समयमै काम नगरिदिएर दुःख दिने गरेको का लागि आउने जो कोहीलाई पनि यहाँका कर्मचारीले दुःख दिने गरेको आरोप सेवाग्राहीको छ । कोरोनाको नाउँमा कार्यालयको सबै ढोका बन्द गरेर झ्यालबाट मात्रै काम गर्ने गरेको छ । यहाँका कर्मचारी मनपरी ढङ्गले आफूले चाहेको व्यक्तिको मात्रै काम गर्ने र नचाहेको व्यक्तिलाई सधैँ आजभोलि भन्दै फर्काउने गरेको उनीहरुको आरोप छ ।

लेखनदासमार्फत काम गराउन आउने सेवाग्राहीको काम छिट्टो गरिदिने र आफै काम गराउन आउने सर्वसाधारणलाई विभिन्न बहाना बनाएर फर्काउने गरेको आरोप सेवाग्राहीको छ । कार्यालयभित्र देखिएको कमिसन र आर्थिक चलखेलका कारण मर्कामा पर्ने गरेको गुनासो सेवाग्राहीको छ । कर्मचारी अभाव हुँदा सेवाग्राही मर्कामा परेको हुन सक्ने कार्यालयका सूचना अधिकारी ज्ञानकुमार यादवले बताए । दरबन्दी अनुसारको कर्मचारी नहुँदा सिंहदरबारको अधिकार जनताको घरमा भन्ने भनाइप्रति सेवाग्राहीको विश्वास कम हुँदै गएको आरोप छ ।

 


Thali Mobile Pvt.Ltd.