भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

नाम जस्तै काम गरेपछि सुनसहित पक्राउ परेका डिएसपी ठगबहादुर केसी परे बर्खास्तीमा

नाम जस्तै काम गरेपछि सुनसहित पक्राउ परेका डिएसपी ठगबहादुर केसी परे बर्खास्तीमा

काठमाडौं । गृह मन्त्रालयले गत वर्ष बुटवलमा सुनसहित पक्राउ परेका नेपाल प्रहरीका डिएसपी ठगबहादुर केसीलाई बर्खास्त गरेको छ । भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी प्रहरी प्रधान कार्यालयको सिफारिसमा मन्त्रालयले केसीलाई बर्खास्त गरेको हो ।

इलाका प्रहरी कार्यालय बुटवलमा रहँदा डिएसपी केसीले सुन व्यापारी किसन बिकसँग ‘घुस’ लिएको घटनामा उनी निलम्बनमा परेका थिए । प्रहरी हेड्क्वार्टरले उनलाई बर्खास्त गर्न असार दोस्रो सातामा गृह मन्त्रालयमा सिफारिस गरेको थियो ।
बुटवल स्थित टेलीकम कार्यालय अगाडीबाट सुन सहित पक्राउ परेका किसनको साथबाट प्रहरीले ३६ तोला ३२ लाल सुन बरामद गरेको थियो ।

सो सुन फिर्ता गर्न केसीले नगद र चेक लिएका थिए । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनको निवासबाट ८ लाख ५० हजार नगद र ९ लाख ५० हजारको चेक बरामद गरेको थियो । छानबिनका क्रममा डीएसपी केसीले गम्भीर गल्ती गरेको देखिएपछि बर्खास्तका लागि सिफारिस गरिएको थियो । इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत रहेका डिएसपी केसी गत पुस ११ गते ३५ तोला सुनसहित पक्राउ परेका थिए ।

तत्कालिन एसएसपी चन्द्रकुवेर खापुंगको नेतृत्वमा छानविन समिति बनाइएर प्रहरी प्रधानकार्यालयले अनुसन्धान गरेको थियो । समितिले केसीले गम्भीर गल्ती गरेको निस्कर्ष निकाल्दै दोषी ठहर गरेको थियो । सुन रितपुर्वक बरामद नगरेको र ‘बदनियत राखेर लिन खान खोजेको’ तत्कालीन एसएसपी चन्द्रकुवेर खापुङ नेतृत्वको छानबिन समितिको निष्कर्ष छ ।

सुन वैध भए फिर्ता गर्नुपर्ने र अवैध भए राजस्वमा बुझाउनु पर्ने भएपनि डिएसपी केसीले बद्निय राखेको उल्लेख गर्दै समितिले प्रतिवेदनमा भनेको छ–‘सुन बरामद गरेपछि प्रचलित कानुन बमोजिम गर्नुपर्नेमा डिएसपीले आफ्नो पदीय दायित्व पुरा गरेको देखिएन ।’ यस्तो बदनियत देखिएपछि प्रहरी प्रधान कार्यालयले एक महिनाअघि गरेको सिफारिस अनुसार गृह मन्त्रालयले उनलाई मंगलबार बर्खास्त हो ।

 


Thali Mobile Pvt.Ltd.