भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

नारायणगढ- मुग्लिन सडक अवरुद्ध

नारायणगढ- मुग्लिन सडक अवरुद्ध

काठमाडौं । पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ ।

गएराति १२ बजे भरतपुर महानगरपालिका–२९, केराबारी र अठार किलोमा लेदोसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

दुवैतर्फका सवारी रोकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

अहिले पहिरो पन्छाउने काम चलिरहेको बताएको छ ।

सवारी जाममा परेपछि यात्रुलाई सास्ति भएको छ। बालबालिका, वृद्ध र बिरामी यात्रु थप समस्यामा परेको प्रहरीको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.