भर्खरै : Sorry, your browser does not support inline SVG.
ट्रम्पको चेतावनीबीच ताइवानको कडा अडानः ‘हामी स्वतन्त्र र सार्वभौम लोकतान्त्रिक राष्ट्र हौँ’ | हेमन्त कान्छा रसाइलीको नयाँ गीत ‘चौतारीमा’ रिलिज | मलेसिया रोजगारीमा तीन लाख असुल्ने म्यानपावरमाथि स्टिङ अपरेशन, एजेन्ट पक्राउ | कङ्गोमा इबोला प्रकोपः ८० जनाको मृत्यु, डब्लुएचओद्वारा विश्व स्वास्थ्य आपतकाल घोषणा | कामिरिता शेर्पाले ३२औँ पटक सगरमाथा आरोहण गर्दै आफ्नै कीर्तिमान तोडे, ल्हाक्पा शेर्पाको ११औँ आरोहण | थानकोटमा घरायसी विवादले उग्र रूप लिँदा युवकको चक्कु प्रहार गरी हत्या, भिनाजु पक्राउ | सिराहामा १९ लाखभन्दा बढी मूल्यका अवैध सामानसहित दुई जना पक्राउ | आजदेखि गंगा दशहरा शुरु, अधिकमासमै किन मनाइँदैछ पर्व ? |

निःशुल्क आँखा शिविरमा पाँच सयको उपचार

निःशुल्क आँखा शिविरमा पाँच सयको उपचार

राजविराज, । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ स्थित तोपामा आयोजित निःशुल्क आँखा शिविरमा पाँच सयको उपचार गरिएको छ । तोपा बजार युथको सहयोगमा ग्रामीण जनजागरण उत्थान केन्द्रले जनता माध्यमिक विद्यालयमा आयोजना गरेको निःशुल्क आँखा शिविरमा पाँच सयको उपचार गरिएकामध्ये ३०० सयमा मोतियाविन्द भेटिएको युवाअभियानकर्मी कौशलकुमार यादवले जनाकारी दिए ।

उनका अनुसार निःशुल्क आँखा शिविरका साथै त्यहाँ आयोजना गरिएको कान शिविरबाट २०० को समेत उपचार गरिएको छ । सगरमाथा चौधरी आँखा अस्पताल लहानका वरिष्ठ चिकित्सकले उक्त आँखा र कानको जाँच गर्नुभएको थियो । यसैबीच निःशुल्क आँखा शिविरमा फेला परेका मोतिया विन्द भएकालाई निःशुल्क शल्यक्रियासमेत गरिने आयोजनक संस्थाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.