भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

निर्वाचनको तयारीमा लाग्न राष्ट्रपति आग्रह

निर्वाचनको तयारीमा लाग्न राष्ट्रपति आग्रह

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले निष्पक्ष, भयरहित, विश्वसनीय रूपमा निर्वाचनका लागि गम्भीरतापूर्वक काम गर्न निर्वाचन आयोगलाई आग्रह गरेकी छिन् ।

आयोगको वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति भण्डारीले शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएकाले तोकिएको समयमै प्रतिनिधिसभाको निर्वाचन गर्न जरुरी भएको बताएकी हुन । संवैधानिक व्यवस्थाबमोजिम निर्वाचनको माध्यमबाट लोकतन्त्रलाई संस्थागत र सुदृढीकरण गर्ने काम आयोगको भएकाले बढीभन्दा बढी मतदाताको सहभागिता गराउने तर्फ कार्य गर्न आयोगलाई सुझाव दिइन् ।

प्रतिवेदन पेस गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक कार्यक्रम तथा मतदानस्थल, मतदान केन्द्र पुनरवलोकन कार्यक्रम आयोगबाट स्वीकृत भई दलहरूसँग परामर्श बैठक सम्पन्न भइसकेको बताए।

उनले निर्वाचनमा लैंगिक तथा समावेशी नीति, निर्वाचन व्यवस्थापनमा मानव संशाधन नीति, निर्वाचन सञ्चालन आर्थिक निर्देशिका, तालिम, स्थानीय तहका निर्वाचन सम्पर्क व्यक्ति तोक्ने लगायतका निर्वाचन सञ्चालन एवं व्यवस्थापनका कार्य योजनाबद्ध रूपमा अघि बढाइएको बताए। आयोगले आगामी वैशाखमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि बजेट बनाउन सुरु गरेको छ।

 


Thali Mobile Pvt.Ltd.