काठमाडाैं । नेपाल जग्गा तथा आवास विकास संघका निर्विरोध निर्वाचित कार्यसमिति सदस्य रामसुन्दर बकेलाई बधाईको ओइरो लागेको छ । बुधवार मेरियट होटलमा सम्पन्न संघको १४ औं साधारण सभाले बकेलाई कार्यसमितिमा निर्विरोध निर्वाचित गरेको हो ।
व्यवसायिक हकहितका पक्षमा लागेर देशलाई समुन्नतिकाे बाटोमा डो¥याउन महत्वपूर्ण भूमिका खेल्न अनुरोध गर्दै उनलाई शुभचिन्तकबाट बधाईको ओइरो लागेको हो । यति मात्रै होईन उनलाई नेपाल पर्यटन बाेर्डले गठन गरेकाे आन्तरिक पर्यटन पुनरुत्थान समिति बागमती प्रदेशको सदस्यमा चयन गरेकाेले झन बधाईको ओइरो लागेको हो ।
पर्यटन व्यवसाय र पर्यटन विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वासकासाथ बकेलगायत सम्पूर्ण टिमलाई हार्दिक बधाई दिएका छन् । यसैबीच प्रदेशको मात्र नभएर समग्र नेपालको पर्यटन विकासमा टेवा पु¥याउन रामसुन्दर बके लगायत होल टिमलाई कैलाश खबरले पनि हार्दिक बधाई दिएको छ ।
