निष्कर्षविहीन बनेको त्यो संवैधानिक परिषद्‌को बैठक

निष्कर्षविहीन बनेको त्यो संवैधानिक परिषद्‌को बैठक

काठमाडौं । प्रधानन्यायाधीश सिफारिसका लागि बसेको संवैधानिक परिषद्‌को बैठक निष्कर्षविहिन बनेको छ ।

साउन १८ गते बिहीवार साँझ ५ बजे बस्नेगरी अर्को बैठक डाकेको सहभागी एक नेताले बताए ।

महालेखा परीक्षकसहित अन्य संवैधानिक निकायका पदहरूमा पनि सँगसँगै नियुक्त गर्ने विषय उठेपछि बैठक निष्कर्षविहिन बनेको हो ।

बैठकमा संवैधानिक परिषद्का अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष

गणेशप्रसाद तिमिल्सिना, प्रधानन्यायाधीश हरिकृष्ण कार्की, प्रमुख प्रतिपक्षी दलका नेता केपी ओली र उपसभामुख इन्दिरा राना सहभागी थिए ।

 


Thali Mobile Pvt.Ltd.