भर्खरै : Sorry, your browser does not support inline SVG.
मौसम बदली, आज र भोलि पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना | पर्यटकीय क्षेत्र फालोटमा विद्युत् र इन्टरनेटको समस्या | विद्युतीय चुलोको प्रयोग बढाउने प्रस्ताव, ऊर्जा खपत वृद्धि रणनीति मस्यौदा तयार | गैह्रीगाउँमा डोजर र स्काभेटर, सुकुम्बासी बस्तीका घरटहरा धमाधम भत्काइँदै | इन्धन र डलरको असर: तरकारीको मूल्य ३०० प्रतिशतसम्म वृद्धि | वीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध, रोशी खोलाको बाढीले डाइभर्सन बगायो | तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले सामान सार्न थाले, पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी | पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन |

नेकपा फुटले काग्रेसको हातमा लड्डु

नेकपा फुटले काग्रेसको हातमा लड्डु

पोखरा । सत्ताको सकसपूर्ण रस्साकस्सीबाट शनिबार गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेलले चैन भएका छन् । प्रतिपक्षी दलबाट सरकारको नेतृत्व गर्ने उनी पहिलो नेपाली कांग्रेसका मुख्यमन्त्री बनेका छन् ।

झण्डै दुईतिहाइ बहुमत पाएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनले उनको हातमा मुख्यमन्त्रीको फल हात परेको हो । पृथ्वीसुब्बा गुरुङलाई विस्थापित गर्दै उनी मुख्यमन्त्री बनेका हुन् । शालीन नेताकै परिचय बनाएका उनलाई दुई महीना लामो राजनीतिक उतारचढावले मुख्यमन्त्री बनाएको हो ।

गण्डकी सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि सांसद गायब हुनेदेखि तुरुन्त नियुक्त हुन राजीनामा दिनेसम्मका अस्वभाविक खेलहरू गण्डकीमा भइरहेका थिए ।

Mohotsav


Thali Mobile Pvt.Ltd.