भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवा जाने वैकल्पिक सडक स्तरोन्नतिमा मुख्यमन्त्री थापा आफैँ मैदानमा | भोटेकोशी बाढीको कहर : मृतक संख्या ९०३ पुग्यो, ४ हजारभन्दा बढी अझै सम्पर्कविहीन | चितवनमा पहिचान नखुलेका १०३ शव व्यवस्थापन, डीएनएबाट पहिचान खुले झिक्न सकिने | रसुवा–नुवाकोटका २६ स्थानमा राहत केन्द्र, ३ हजारभन्दा बढी प्रभावितलाई आश्रय | जेलबाट मादुरोको सन्देश : ‘हामी दृढ छौँ, भेनेजुएला पुनः उठ्नेछ’ | युद्ध र आर्थिक संकटको दोहोरो मारमा इरान, जनजीवन दिनप्रतिदिन कष्टकर | कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाडौंमा अत्यावश्यक वस्तुको अभाव नहुने | जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धार जारी, पाँच सयभन्दा बढी सुरुङभित्र रहेको अनुमान |

नेपाल अमेरिकाको सैनिक अखाडा बन्ने पक्का

नेपाल अमेरिकाको सैनिक अखाडा बन्ने पक्का

काठमाण्डौ । अमेरिकाले सैन्य सहकार्य समेटिएको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौताका लागि नेपाललाई ताकेता गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा आगामी महिना अमेरिकाको औपचारिक भ्रमणमा जानै लाग्दा अमेरिकाले सम्झौताका लागि नेपाललाई ताकेता गरेको हो । प्रधानमन्त्री देउवाको भ्रमणलाई लिएर विभिन्न राजनीतिक दलहरूले आशंका व्यक्त गरिरहेको बेला अमेरिकाले नेपालसँग सुरक्षा सम्झौता गर्ने प्रस्ताव गरेको खुलासा भएको छ ।

अमेरिकाले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) नामको सम्झौता गर्नका लागि त्यसको मस्यौदा नेपाल सरकारलाई बुझाएको छ । ६ पृष्ठ लामो र १० धारामा रहेको उक्त सम्झौताको मस्यौदामा अमेरिकी र नेपाली सेनाबीच उच्च हिमाली क्षेत्रमा सैन्य अभ्यास गर्नेदेखि नेपाली सेनाको व्यावसायिक क्षमता वृद्धिका लागि अमेरिका र नेपालमै तालिम दिने प्रस्ताव समेत गरिएको छ ।

नेपालमा संयुक्त विपद् व्यवस्थापन तथा उद्धार अभ्यास, नेपाली सेनाका अधिकृतहरूका लागि संयुक्त फेलोसिप कार्यक्रम, नेपाली सेनाको मागबमोजिम हलुका तथा गैरघातक सैन्य सामग्रीको सहयोग, नेपाली सेनाका लागि साइबर सुरक्षा प्रशिक्षण तथा उपकरण सहयोग, नेपाली सेनाको आतङ्कवाद विरोधी सुराकी क्षमता विकास लगायतका प्रस्ताव मस्यौदामा रहेको जनाइएको छ ।

नेपालमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतामाथि बहस भइरहँदा अमेरिकाले प्रस्ताव गरेको एसपीपी सैन्य सहकार्यसम्बन्धी सम्झौताको विषयले थप विवाद बढ्ने देखिन्छ । मस्यौदामा अमेरिकाको युटा नेशनल गार्डले नेपालको कानुन बमोजिम नेपाली सेनाका ब्यारेक प्रयोग गर्न पाउने बुँदा पनि समेटिएको पाइएको छ । सम्झौता मस्यौदाको धारा १ को उपधारा १ मा अमेरिकी नेशनल गार्डका साथै ‘कन्ट्रयाक्टर’ ले समेत सम्बन्धित गाडी र हल्का वायु यानहरू प्रयोग गर्नका लागि नेपालले अनुमति दिनुपर्ने उल्लेख रहेको छ ।

नेपाल भ्रमणमा आएका यूएस आर्मी प्यासिफिकका कमान्डर जर्नेल चार्ल्स ‘ए’ फ्लिनले प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्मासँग भएका भेटमा एसपीपीलाई चाँडै टुङ्ग्याउन आग्रह गरेका छन् । स्टेट पार्टनरसिप प्रोग्रामका लागि अमेरिकाले नेपाललाई सुरुमा ५० करोड अमेरिकी डलर अनुदान दिने प्रस्ताव पनि मस्यौदामा गरिएको छ ।

उक्त सम्झौतामा हस्ताक्षर भएको मितिदेखि पाँच वर्षसम्म अमेरिकाले लगानी गर्ने प्रस्ताव पनि गरिएको छ । अमेरिकाले नेपाली सेनासँग गर्न चाहेको यो सम्झौता प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणका क्रममा सम्पन्न हुनसक्ने अनुमान गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.