काठमाडौं । नेपाल टेलिभिजनका अध्यक्ष महेन्द्र विष्टले पदबाट राजीनामा दिएका छन् ।
विहीबार दिउँसो ३ बजे प्रधानमन्त्रीको निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर उनले राजीनामा पत्र बुझाएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
केपी ओली प्रधानमन्त्री भएको बेला विष्टले नेपाल टेलिभिजनको अध्यक्षमा नियुक्ति पाएका थिए ।

