भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

उज्यालो हुँदै काठमाडौँका मुख्य सडक

उज्यालो हुँदै काठमाडौँका मुख्य सडक

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दशैँलाई लक्षित गरी मुख्य सडकमा आधुनिक बत्ती जडान गर्ने तयारी गरेको छ । कामपाले मुख्य सडकमा करिब रु ३० करोडको लगानीमा एक हजार ७०० थान आधुनिक सडक बत्ती जडान गर्न लागेको हो । यस कार्यका लागि अहिले बोलपत्र आह्वान गरी बत्ती जडान गर्ने कम्पनी छनोट गरिसकेको कामपा पूर्वाधार विकास विभाग प्रमुख राम थापाले जानकारी दिए ।

“अबको केही दिनमा जडान कार्य सुरु हुन्छ, आगामी दशैँलाई लक्षित गरी काम अघि बढाइएको छ”, प्रमुख थापाले भन्नुभयो । धुलो र हिलोरहित काठमाडौँ बनाउने अभियानमा यसअघि देखि नै सक्रिय रहेको भन्दै कामपाको पहलमा उज्यालो काठमाडौँ महानगर बनाउने अभियानलाई सफल बनाउन लागिएको उहाँले भन्नुभयो ।

यस आयोजनाको निर्माण कार्यपश्चात् मर्मत गर्नुपर्ने सडक, फुटपाथलगायतको मर्मत कार्य सडक विभागले गर्नेछ । सुरुमा बत्ती जडान कार्य अन्तर्राष्ट्रिय विमानस्थल, तीनकुने, बानेश्वर र कलङ्कीमा गरिनेछ । त्यसैगरी त्रिपुरेश्वरदेखि लैनचौर हुँदै महाराजगञ्जसम्म बत्ती जडान गरिनेछ । गौशाला–चावहिल बौद्ध हुँदै अन्य मुख्य सडक छेउछाउमा उक्त कार्य सम्पन्न गर्ने कामपाको तयारी रहेको छ ।

बत्ती जडान कार्य सम्पन्न भएसँगै रातको समयमा हुने विभिन्न किसिमका आपराधिक घटना नियन्त्रणका लागि ठूलो सहयोग पुग्ने कामपाले विश्वास लिएको छ । हाल कामपाको मुख्य सडक कालीमाटी, त्रिपुरेश्वर, कलङ्की, बालाजुलगायतका स्थानमा कहीँ बत्ती नै छैन भने भएका केही स्थानमा पनि पर्याप्तरूपमा सडक बत्ती नहुँदा सडक दुर्घटना र अपराधका घटनाहरु घटिरहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.