नेपाल पाञ्चाङ्ग निर्णायाक विकास समितिद्वारा भाइटीकाको उत्तम साइत सार्वजनिक,कात्तिक २९ गते बिहान १० बजेर ५१ मिनेटमा उक्तम साइत

नेपाल पाञ्चाङ्ग निर्णायाक विकास समितिद्वारा भाइटीकाको उत्तम साइत सार्वजनिक,कात्तिक २९ गते बिहान १० बजेर ५१ मिनेटमा उक्तम साइत

काठमाडौं । नेपाल पाञ्चाङ्ग निर्णायाक विकास समितिले भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । यसवर्ष भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बिहान १० बजेर ५१ मिनेटमा रहेको सोमबार विज्ञप्ति सहित सार्वजनिक भएको हो । भाइटीकाका दिन दिनभर दिदीबहिनीका हातबाट टीका लगाउन शुभ रहे पनि साइत खोज्नेका लागि १० बजेर ५१ बजेको साइत दिइएको समितिले जनाएको छ । राज्य सञ्चालकले साइतमै टीका लगाउनुपर्ने शास्त्रीय नियम रहेको छ ।

यस वर्षको यमपञ्चक अर्थात् तिहार कात्तिक २५ गते शनिवारदेखि शुरु हुने छ । २५ गते काग तिहार परेको छ । यस्तै २६ गते कुकुर तिहार र लक्ष्मी पूजा, २७ गते गाई तिहार, २८ गते गोवर्द्धन पूजा र म्हः पूजा, २९ गते भाइटीका परेको छ । भाइटीका लगाएपछि तिहारको समापन हुन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत २९ गते बुधवार बिहान १० बजेर ५१ मिनेटमा उत्तम साइत मानेको छ ।

 


Thali Mobile Pvt.Ltd.