नेपाल भियतनामसँग ५–० ले पराजित

नेपाल भियतनामसँग ५–० ले पराजित

काठमाडौं । भियतनाममा जारी एएफसी यू–१७ एसियन कप छनोटमा लगातार दोस्रो हार बेहोरेसँगै नेपाल बाहिरिएको छ।

नेपाल भियतनामसँग ५–० ले पराजित भयो । आयोजक भियतनामलाई जित दिलाउन कोङ फुओङ, होआङ सन, लोङ भु, दिन्ह् थुओङ र भान दान्हले एक एक गोल गरे।

छनोटको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग ३–० गोलले पराजित भएको थियो। यता, भियतनामको यो लगातार दोस्रो जित हो । उसले पहिलो खेलमा चाइनिज ताइपेलाई ४–० ले हराएको थियो।

नेपालले आइतबार चाइनिज ताइपेसँग खेल्नेछ। समूह विजेता सिधै एसियन कपमा छनोट हुनेछन् भने उपविजेता उत्कृष्ट ६ टोलीले एसियन कप खेल्नेछन्।

 


Thali Mobile Pvt.Ltd.