भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

नेपालकै ठूलो अर्गानिक मल उद्योग

नेपालकै ठूलो अर्गानिक मल उद्योग

रुपन्देही । रोहिणीमा ३० करोड लगानीमा नेपालकै ठूलो अर्गानिक मल उद्योगले व्यवसायिक उत्पादन थालेको छ ।बर्सेनि मलको अभाव भइरहने सदाबहार समस्याका बीच झन् बढी मल अभाव र अन्य वस्तु आयात ठप्प हुँदा जनजीवनमा परेको असर देखेपछि भैरहवाका व्यवसायी दम्पति सिद्धार्थ अग्रवाल र पुनमकुमारी अग्रवालले देशकै ठूलो अर्गानिक मल उद्योग खोल्ने सोच बनाए ।

पुनम मेडिकल माइक्रो बायोलोजी विषयमा पीएचडी पूरा गरेकी हुनाले रासायनिक मलको प्रयोगबाट माटोको उर्बराशक्तिमा आउने ह्रास तथा रासायनिक मलको प्रयोगबाट उत्पादित खाद्यान्नले मानव स्वास्थ्यमा पार्ने असरबारे राम्रो जानकार थिइन् । त्यही भएर उनले ठूलो क्षमताको अर्गानिक मल उद्योग खोलेर देशव्यापी बजार विस्तार गर्न सकिने संभावना देखिन् । तर उद्योग स्थापनालाई चाहिने ३० करोड मध्ये १० करोड उनीहरुलाई अपुग थियो ।

कर्जा खोज्दै उनीहरु फाइल बोकेर धेरै बैंकहरू धाए तर बैंकहरुले अर्गानिक मलको भविष्यमा ढुक्क हुन नसकी कर्जा दिएनन् । अन्तिममा बुटवलको शाइन रेसुंगा डेभलपमेन्ट बैंकले सिद्धार्थको मल कारखाना परियोजनालाई विश्वास गरेर १० करोड कर्जा दियो । त्यसपछि अग्रवाल दम्पतिले दुई वर्षमै रोहिणी गाउँपालिका ४, कोटहवामा ५ विघा क्षेत्रफलमा अर्गानिक मल उद्योग सञ्चालनमा ल्याए ।

दैनिक दुई सय मेट्रिक टन उत्पादन क्षमताको उद्योगले ‘रत्नम अर्गानिक दानेदार मल’ को व्यवसायिक उत्पादन थालेको हो । एक वर्ष धान, गहु,मकै, तरकारी लगायत बालीमा परीक्षण गर्दा सफल भएपछि उद्योगले अहिले लुम्बिनीसहित गण्डकी, बागमती, मधेश र सुदूरपश्चिम प्रदेशका किसानलाई लक्षित गरी दैनिक एक सय मेट्रिकटन भन्दा बढी मलको उत्पादन गर्दै आएको सञ्चालक सिद्धार्थ अग्रवालले बताए । संघीय सरकारले रासायनिक मलको साटो अर्गानिक मललाई प्रवद्र्धन गर्ने नीति लिएमा प्रदेश र स्थानीय तहलाई सजिलो हुने छ ।

 


Thali Mobile Pvt.Ltd.