भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

नेपालको औसत जनसङ्ख्या वृद्धिद्धर ० दशमलव ९२ प्रतिशत प्रतिवर्ष

नेपालको औसत जनसङ्ख्या वृद्धिद्धर ० दशमलव ९२ प्रतिशत प्रतिवर्ष

काठमाण्डौ । २०६८ पछिको १० वर्षमा नेपालको वार्षिक औसत जनसङ्ख्या वृद्धिद्धर ० दशमलव ९२ प्रतिशत प्रतिवर्ष रहेको छ । केन्द्रीय तथ्याङ्क विभागले आइतवार काठमाण्डौमा पत्रकार सम्मेलन गरी यस्तो जाकारी दिएको हो ।

नेपालमा कुल परिवारमध्ये पुरुष परिवारमुली रहेको परिवार ६८ दशमलव ५ प्रतिशत र महिला परिवारमुली रहेको सङ्ख्या ३१ दशमलव ५ प्रतिशत रहेको छ । नेपालमा जम्मा १५ लाख ५५ हजार नौ सय ६१ परिवारबाट २१ लाख ९० हजार पाँच सय ९२ जना परिवारमा अनुपस्थित रही विदेशमा बसोवास गर्ने पाइएको छ ।

भने नेपालको कुल जनसङ्ख्यामध्ये नगरपालिकामा बस्ने जनसङ्ख्या सबैभन्दा बढी रहेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । नगरपालिकामा बस्नेको जनसङ्ख्या एक करोड ९२ लाख ९६ हजार सात सय ८८ (६६ दशमलव २ प्रतिशत) रहेको जनाएको छ । गाउँपालिकामा बस्नेको सङ्ख्या ९८ लाख ६७ हजार सात सय ९० (३३ दशमलव ८ प्रतिशत) रहेको छ ।

देशको कुल जनसङ्ख्याको २ दशमलव २ प्रतिशत व्यक्तिमा कुनै न कुनै प्रकारको अपाङ्गता रहेको छ । जनगणनाअनुसार जन्मस्थान र अहिलेको बसोवास एउटै गाउँपालिका वा नगरपालिकामा भएका व्यक्ति ६९ दशमलव ० प्रतिशत रहेका छन् । २०६८ को जनगणनाअनुसार नगरपालिकामा बस्नेको सङ्ख्या १७ दशमलव १ प्रतिशत थियो भने गाउँपालिकामा बस्नेको सङ्ख्या ८२ दशमलव ९ प्रतिशत रहेको थियो ।

नेपालको लैङ्गिक अनुपात प्रतिसय महिलामा पुरुषको सङ्ख्या ९५ दशमलव ५९ जना रहेको छ भने नगरपालिकाको ९६ दशमलव ०६ र गाउँपालिकाको ९४ दशमलव ६८ प्रतिशत रहेको छ । कुल जनसङ्ख्यामध्ये अन्य लिङ्गीको जनसङ्ख्या दुई हजार नौ २८ रहेका छन् भने यो सङ्ख्या नगरपालिकामा दुई हजार एक सय १८ र गाउँपालिकामा आठ सय १० जना रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.