भर्खरै : Sorry, your browser does not support inline SVG.
तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले सामान सार्न थाले, पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी | पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन | इरानी विदेशमन्त्री पाकिस्तानमा, अमेरिका–इरान वार्ताका लागि कूटनीतिक प्रयास तीव्र | वीरगञ्ज महानगरद्वारा भूमिहीनलाई ३० दिनभित्र सम्पर्कमा आउन आग्रह | सुखड बजारको होटलमा आगलागी, कामदारको जलेर मृत्यु | विश्वका १० देशमा तीव्र खाद्य असुरक्षा, द्वन्द्व र मल अभाव मुख्य कारण | विनाशकारी भूकम्प गएको १० वर्ष पूरा, पुनर्निर्माण र सम्झनाका बीच नेपाल | थापाथली सुकुम्बासी बस्तीमा अनधिकृत संरचना हटाउन डोजर चलाउन सुरु |

नेपालको पहिलो महिला मुख्यमन्त्री

नेपालको पहिलो महिला मुख्यमन्त्री

काठमाडौं । अष्टलक्ष्मी शाक्य बागमतीको मुख्यमन्त्री नियुक्त भएकी छन् । बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएसँगै उनी नेपालको पहिलो मुख्यमन्त्री बन्ने सौभाग्य जुरेको हो ।

एमाले माधव पक्षमा खुलेरै लागेकी उनी पछिल्लो समय केपी निकट भनेर चिनिन्छिन् । प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले प्रदेश सभाको ठूलो दल एमाले संसदीय दलका नेता शाक्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएसँगै शाक्य मुख्यमन्त्री बन्ने अवसर मिलेको हो । बुधबारमात्रै शाक्य एमाले संसदीय दलको नेता चयन भएकी थिइन् ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएसँगै एमाले विभाजन भएकाे छ । नयाँ बनेकाे नेकपा समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल छन् भने  वरिष्ठ नेतामा झलनाथ खनाल छन् । अन्य सबै ९३ जना केन्द्रीय सदस्य छन् ।

संसद र संविधानको रक्षा, पार्टी एकताका विषयमा पटक पटक आवाज उठाए पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन नगरेका कारण पार्टी फूटाउँनु पर्छ भनेर उफ्रिनेमा शाक्य पहिलाे थिइन् । तर फुटको वातावरण सिर्जना भएपछि उनी केपी पक्षमा लागेकी एमाले नेताहरूले बताए ।

Mohotsav


Thali Mobile Pvt.Ltd.