काठमाण्डौ । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओले राष्ट्रपति विद्यादेवी भण्डारीसंग शिष्टाचार भेटवार्ता गरेका छन् । दुई देशबीचको सम्बन्ध र पारस्परिक सहयोगका बारेमा भेटवार्ता भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि उनले भेटवार्ता गरेका थिए लिउले अध्यक्ष प्रचण्डसंग नेपालमा कुनै पनि चीनविरोधी गतिविधि हुन नपाओस् भन्नेमा जोड दिएका थिए । लिउले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्कालाई पनि छुट्टाछुट्टै भेट्भेका थिए । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए भने गएको आइतवार चार दिने भ्रमणमा आएका थिए ।
