भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

नेपालमा पनि मनाइँदै सुरक्षित इन्टरनेट दिवस

नेपालमा पनि मनाइँदै सुरक्षित इन्टरनेट दिवस

काठमाडौं । हरेक वर्ष फेब्रुअरी ८ तारिखलाई सुरक्षित इन्टरनेट दिवसको रुपमा मनाउने गरिएको छ । विश्वमा इन्टरनेटको पुहँच र प्रयोग विस्तार भएसँगै सन् २००४ बाट सुरक्षित इन्टरनेट दिवस बनाउन थालिएको हो ।

यसैबीच आज नेपालमा पनि १९ औं सुरक्षित इन्टरनेट दिवस भव्यताकासाथ मनाउँन थालिएको छ । ‘टुगेदर फर बेटर इन्टरनेट’ भन्ने नाराको साथ यो दिवस मनाइँदैछ ।

रमाइलो र खेलका लागि मात्र नभई आदर र सम्बन्धहरुको मूल्य र मान्यतालाई पनि इन्टरनेटमा कायम राख्न यो दिवसले अभिप्ररित गरिरहेको छ ।

डिजिटल प्रविधिको सुरक्षित तथा सकारात्मक प्रयोगको प्रवर्धन गर्न तथा यससम्बन्धी राष्ट्रिय संवादलाई उत्प्रेरित गर्नका लागि प्रत्येक वर्ष विश्वव्यापी रूपमा ‘सुरक्षित इन्टरनेट दिवस’ मनाइदै आएको छ ।

युरोपेली आयोग तथा युरोपभरिका राष्ट्रिय सुरक्षित इन्टरनेट केन्द्रहरूको सहयोगमा इन्सेफ तथा इनहोप नामक संस्थाहरूद्वारा संयुक्त रूपमा संयोजन गरिने सुरक्षित इन्टरनेट दिवस विश्वका १७० भन्दा बढी राष्ट्रहरूमा मनाइन्छ ।

 


Thali Mobile Pvt.Ltd.