भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

नेपालमा संक्रमितको संख्या १४ सय नाघ्यो, थप १८९ कोरोना संक्रमण (भिडियाे)

नेपालमा संक्रमितको संख्या १४ सय नाघ्यो, थप १८९ कोरोना संक्रमण (भिडियाे)

१७ जेठ २०७७, काठमाडौं । नेपालमा थप १८९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १८९ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार पछिल्लो २४ घन्टामा २५७५ जनाकफ पिसिआर परीक्षण गरिएको थियो। ती परीक्षणका क्रममा देशका विभिन्न जिल्लामा नयाँ संक्रमित थपिएका हुन् ।

भिडियाे…

https://www.facebook.com/Kailashkhabarnews/videos/541727173188216/

आज थपिएका १८९ सहित नेपालमा संक्रमितको संख्या १ हजार ४ सय १ पुगेको छ । नेपालमा हालसम्म सबैन्दा धेरै संक्रमित थपिएका आज नै हो। शुक्रबार १७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

नेपालमा कुल संक्रमितमध्ये हालसम्म ६ जनाको मृत्यु भइसकेको छ भने संक्रमण देखिएकामध्ये २१९ जना उपचारपछि निको भइसकेका छन् । आज १३ जना डिस्चार्ज भएसँगै निको हुनेको संख्या २१९ पुगेको हो ।

 


Thali Mobile Pvt.Ltd.