काठमाडौं । मलेसियामा भइरहेको एसीसी महिला टी–२० च्याम्पियनसिपको सेमिफाइनलमा युएईले नेपाललाई जितका लागि ८२ रनको लक्ष्य दिएको छ ।
नेपालले एसिया कपमा पुग्नका लागि यो लक्ष्य पूरा गर्नुपर्नेछ ।
अस्मिना कर्माचार्यले शानदार लबिङ गर्दै ५ विकेट लिएपछि नेपालले एक बल अगावै युएईलाई ८१ रनमा अलआउट गरेको हो ।
च्याम्पियन्सिपको फाइनल पुग्ने दुई टिम एसिया कपमा छनोट हुनेछन् र एसियाका टेष्ट राष्ट्रसँग खेल्ने अवसर पाउनेछन् ।
