भर्खरै : Sorry, your browser does not support inline SVG.

 नेपाली कांग्रेसको चियापान आज

 नेपाली कांग्रेसको चियापान आज

काठमाडौं । नेपाली कांग्रेसकाे आज चियापान कार्यक्रम छ ।

चियापानमा राजनीतिक दलका नेताहरू, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुखहरू, सांसदहरू, राष्ट्रसेवक कर्मचारीहरू, सुरक्षा निकायका प्रमुखहरू, कूटनीतिक नियोगका प्रमुखहरू, लेखक, साहित्यकार, कलाकार, उद्योगपति एवं व्यवसायी, बुद्धिजीवी, नागरिक समाजका अगुवा, मानवअधिकारकर्मी, सञ्चारकर्मी, गैरआवासीय नेपालीका संघ–संस्थाका प्रमुखहरूलाई आमन्त्रण गरिएको काँग्रेसले जनाएकाे छ ।

कांग्रेस सदस्य एवं शुभेच्छुकसहित सर्वसाधारलाई सार्वजनिक रूपमा आमन्त्रण गरिएको काँग्रेसले जनाएको छ । चियानमार्फत शुभकामना आदानप्रदानले राजनीतिक तिक्ततालाई सद्भावमा बदल्ने र सामाजिक विसंगतिलाई कम गर्न मद्दत पुग्ने अपेक्षा गरेका गरेको कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए ।

१० हजारबढीलाई कार्ड बाँडिएको हुनाले सर्वसाधारणको बाक्लो सहभागिता रहने अपेक्षा गरिएको उनले बताए ।

 


Thali Mobile Pvt.Ltd.