दोहा । रोजगारीका लागि साउदी अरब पुगेका एक नेपाली युवा बेपत्ता भएका छन् । सन्तोष शाह नाम गरेका युवा १९ अप्रिलदेखि रियाद बत्था भन्ने ठाउँबाट बेपत्ता भएको रियादस्थित नेपाली दूतावासले जनाएको छ ।
बोल्न नसक्ने अवस्था भएपछि उनलाई केही दिनदेखि दूतावासको सेल्टरमा राखिएको थियो । एक्जिट भिसा लागिसकेको भन्दै दूतावासले राति नेपाली दाजुभाइहरू सुतेको मौका पारेर सेल्टरबाट उनी बाहिर निस्किएको जनाएको छ ।
खोजतलासको लागि साउदीस्थित सम्बन्धित प्रहरी कार्यालयलाई जानकारी गराएको दूतावासले जनाएको छ ।उनलाई कतै भेटेमा दूतावासको ०५०००७६७९४ मा सम्पर्क गरिदिन सबैलाइ नेपाली दूतावासले अनुरोध गरेको छ ।
