नेपाली महिला फुटबलरले बनाए गिनिज वर्ल्ड रेकर्ड

नेपाली महिला फुटबलरले बनाए गिनिज वर्ल्ड रेकर्ड

काठमाण्डौं । नेपालली महिला फुटबलर दीपा अधिकारी र लक्ष्मी पौडेलले विश्व कीर्तिमानको सर्टिफिकेट पाएका छन् । विश्वको सबैभन्दा होचो स्थानमा फुटबल खेल्दै बनाएको गिनिज बुक अफ वर्ल्ड रेकर्डको आधिकारिक प्रमाणपत्र हात पारेकी हुन ।

सन् २०१८ मा सबैभन्दा होचो स्थानमा इक्वेल प्लेइङ्ग फिल्ड नामक संस्थाले आयोजना गरेको महिलाहरूको फुटबल प्रतियोगितामा खेल्दै गिनिज वर्ल्ड रेकर्ड कायम गरेकी हुन । समुन्द्री सतहभन्दा ३२० मिटर तलको स्थान जोर्डनमा आयोजना गरिएको उक्त प्रतियोगिता दीपा र लक्ष्मी सहभागि भएकी थिइन् ।

नेपाल, अफगानिस्तान, फ्रान्स, स्पेनलगायत २० राष्ट्रका महिला खेलाडी सहभागि भएका थिए । महिला सशक्तीकरणका लागि इक्वेल प्लेइङ्ग फिल्डले विश्वकै अग्लो र होचो दुवै स्थानमा फुटबल आयोजना गरेको थियो ।

अग्लो स्थानको खेल अफ्रिकन राष्ट्र तान्जानियाको माउण्ड किलिमन्जारोमा खेलाइएको थियो त्यहाँ स्वास्थ्य समस्याका कारण दीपाले खेल्न सकेकी थिइनन् ।

 


Thali Mobile Pvt.Ltd.