भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

नेपालीलाई सतर्क रहन अनुरोध गर्दै सरकारद्वारा इजरायल आतङ्कवादी हमलाको निन्दा

नेपालीलाई सतर्क रहन अनुरोध गर्दै सरकारद्वारा इजरायल आतङ्कवादी हमलाको निन्दा

काठमाडौं । इजरायलमा भएको आतङ्कवादी हमलाको सरकारले निन्दा गरेको छ । इजरायल सरकार तथा त्यहाँका जनताका साथै हमलामा परी जीवन गुमाएकाहरूका परिवारप्रति परराष्ट्र मन्त्रालयले गहिरो सहानुभूति एवं समवेदना व्यक्त गरेको छ । नेपाल सरकारले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

आतङ्कवादी आक्रमणमा केही नेपाली पनि परेका छन् । आक्रमणमा परेका नौ जना नेपालीमध्ये दुई जनाको अवस्था गम्भीर छ । यससम्बन्धी थप विवरण अद्यावधिक गरिने मन्त्रालयले जनाएको छ । इजरायलस्थित नेपाली दूतावासले आक्रमण प्रभावित क्षेत्रमा बसोबास गरेका नेपालीसँग निकट सम्पर्कमा रहेको जनाउँदै नेपालीको सुरक्षा तथा उद्धारका साथै घाइतेहरूको उपचारका लागि पनि इजरायली अधिकारीहरूसँग सम्पर्क र समन्वय गरिरहेको परराष्ट्रले बताएको छ ।

इजरायलको वर्तमान स्थितिलाई दृष्टिगन गरी त्यहाँ रहेका सबै नेपालीलाई सतर्क रहन तथा सम्बद्ध अधिकारीले दिएका सुरक्षा उपायको अक्षरसःपालन गर्न सरकारले अनुरोध गरेको छ । इजरायलस्थित नेपाली दूतावासको

टेलिफोनः +९७२(०)३५१६८०८५
राजदूत कान्ता रिजाल ९७२५४५८६४४२३
प्रथम सचिव अर्जुन घिमिरे +९७२५४५८६४४२३
इमेल embassy@012.net.il मा पनि सम्पर्क गर्न सरकारले अनुरोध गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.