भर्खरै : Sorry, your browser does not support inline SVG.

खुमनको गीतमा छमछमी नाचे भक्तजन

खुमनको गीतमा छमछमी नाचे भक्तजन

भक्तपुर । लोक गायक खुमन अधिकारीका गीतमा भक्तजनहरु छमछमी नाचेका छन् ।

आइतबार भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं.९ ताथलीमा सञ्चालन भएको महायज्ञमा सहभागि भएका गायक अधिकारीले विविध भजन गीत प्रस्तुत गरेका थिए ।

लोक संगितको क्षेत्रमा छुट्टै पहिचान बनाएका गायक अधिकारीले भजनहरु गाउँदा भक्तजन खुसीले नाचेका हुन ।

महायज्ञमा राष्ट्रिय स्तरका भक्ति संगितका कलाकारद्धारा नियमित भक्ति संगित, झाकिहरु प्रस्तुत भइरहेका छन ।

कथा वाचक वालयोगेश्वर विजयमूर्ति महाराज, कथा वाचिका गरिमा उपाध्याय र उमा महेश्वरीबाट भागवतका कथा बाचन हुदै आएको छ ।

 


Thali Mobile Pvt.Ltd.