भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवा जाने वैकल्पिक सडक स्तरोन्नतिमा मुख्यमन्त्री थापा आफैँ मैदानमा | भोटेकोशी बाढीको कहर : मृतक संख्या ९०३ पुग्यो, ४ हजारभन्दा बढी अझै सम्पर्कविहीन | चितवनमा पहिचान नखुलेका १०३ शव व्यवस्थापन, डीएनएबाट पहिचान खुले झिक्न सकिने | रसुवा–नुवाकोटका २६ स्थानमा राहत केन्द्र, ३ हजारभन्दा बढी प्रभावितलाई आश्रय | जेलबाट मादुरोको सन्देश : ‘हामी दृढ छौँ, भेनेजुएला पुनः उठ्नेछ’ | युद्ध र आर्थिक संकटको दोहोरो मारमा इरान, जनजीवन दिनप्रतिदिन कष्टकर | कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाडौंमा अत्यावश्यक वस्तुको अभाव नहुने | जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धार जारी, पाँच सयभन्दा बढी सुरुङभित्र रहेको अनुमान |

नेप्समा झिनो अङ्कमा सुधार

नेप्समा झिनो अङ्कमा सुधार

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक तीन दशमलव ८३ अङ्कले उकालो लागेर एक हजार आठ सय ५८ दशमलव ८९ मा पुगेको छ ।

यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव १५ अङ्कले सुधार भई तीन सय ६३ दशमलव ९७ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज चार उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । नौ उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको छ ।

कूल दुई सय ५१ कम्पनीको २६ लाख ९९ हजार तीन सय ३१ कित्ता शेयर रु ८८ करोड ६० लाख ९८ हजार पाँच सय ६८ मूल्यमा खरिद बिक्री भए । कारोबारका आधारमा प्राइम बैंक शीर्ष स्थानमा छ । सो बैंकको शेयर रु छ करोड ९३ लाख ४३ हजार एक सय तीन मूल्यमा कारोबार भयो ।

फरवार्ड माइक्रोफाइनान्स रु पाँच करोड ४९ लाख ४२ हजार नौ सय ८१, हिमालयन डिस्टिलरी रु चार करोड २७ लाख ९० हजार तीन सय ९४, नेपाल दूरसञ्चार कम्पनी रु तीन करोड ७६ लाख ६४ हजार आठ सय ५९ र पिपल्स हाइड्रोपावरको रु तीन करोड २८ लाख १८ हजार चार सय ३४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार धौलागिरि लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । खप्तड लघुवित्त छ दशमलव शून्य आठ, सिवाइसी नेपाल लघुवित्त पाँच दशमलव ९८, नवील ब्यालेन्स फण्ड दोस्रो पाँच दशमलव ९० र रिलायन्स फाइनान्सका लगानीकर्ताले चार दशमलव शून्य चार प्रतिशतले कमाएका छन् ।

त्यस्तै इस्टर्न हाइड्रोपावर सात दशमलव ९७, ग्लोबल आइएमई ब्यालेन्स फण्ड पहिलो सात दशमलव ७२, फरवार्ड माइक्रोफाइनान्स छ दशमलव ७६, पिपल्स हाइड्रोपावर छ दशमलव शून्य चार र बुद्धभूमि नेपाल हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलव ६४ प्रतिशतले गुमाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.