भर्खरै : Sorry, your browser does not support inline SVG.
एशियन गेम्स तयारी बजेटमै परेन, खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड विनियोजन | दक्षिण सुडानमा भोकमरीको संकट गहिरिँदै, ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायता आवश्यक | सातै प्रदेशमा वर्षा र चट्याङको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने | पशुपालक महिलाको विश्व सम्मेलनबाट ‘काठमाडौं घोषणापत्र’ जारी, दिगो चरनभूमि व्यवस्थापनमा जोड | “तिमीलाई देखेर” सार्वजनिक, शान्तिश्री परियार र कमल सौरागको नयाँ गीत चर्चामा | भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन | राज्यका प्रमुख अङ्गलाई जिम्मेवार बन्न मानव अधिकार तथा शान्ति समाजको आग्रह | इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबी |

पच्चिस जना भन्दा बढी भेला हुन नदिने सरकारको निर्णय प्रति राष्ट्रपति र पूर्वराजाले नै दिए चक्मा

पच्चिस जना भन्दा बढी भेला हुन नदिने सरकारको निर्णय प्रति राष्ट्रपति र पूर्वराजाले नै दिए चक्मा

काठमाडौं । स्थानीय सरकार र सिसिएमसिसी बैठकले सार्वजनिक गरेको निर्णय राष्ट्रपति र पूर्वराजाले नै उलंघन गरेका छन् । एकातिर सार्वजनिक स्थानमा २५ जनाभन्दाबढी भेला हुन रोक लगाएका छ भने अर्को तर्फ सिंहदरबार गेटमा राष्ट्रपतिदेखि पूर्वराजासम्मले स्वास्थ्य मापदण्डको खिल्ली उडाउँदै सयौंको संख्यामा भीडभाड जम्मा गरे ।

कोरोना महामारीको तेस्रो लहर फैलिएसंगै सबै भन्दा बढी संक्रमित उपत्यकामा नै रहेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वीजयन्तीको अवसरमा सिंहदरबारअगाडि पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न जाँदा सयौँको भिड जम्मा पारे । त्यहाँ कोरोनालाई नै चक्मा दिएर भीड जम्मा भएको देखियो ।

यता राष्ट्रपति विद्या भण्डारीले पनि स्वास्थ्य मापदण्डको धज्जी उडाउँदै पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न जाँदा त्यस्तै भिड देखियो । ओमिक्रोन र फैलिएको कोरोनाको तेस्रो लहरबाट बच्न सरकारले सोमबारबाट २५ जनाबढी भेला हुन रोक लगाएको हो ।

तर, त्यही निर्णयको उलंघन गर्दै उच्चपदस्थ व्यक्तिबाट उत्त निर्णयको अवज्ञा हुनुले नागरिकमा त्रास पुगेको छ । संक्रमण दर ८० प्रतिशतले वृद्धि भएको तथ्याङ्क स्वास्थ्य मन्त्रालयले निकालेका छ । मंगलबार दुई हजार चार सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको उसको तर्क छ ।

कोरोनाको अर्को लहर पनि आइसकेको भन्दै सरुवारोगविज्ञ डा. शेरबहादुर पुनले संक्रमण दर केही साता अझै उकालो लाग्ने बताएका छन् । यता कोभिड– १९ संकट व्यवस्थापन समन्वय केन्द्रले आइतबार तीव्र गतिमा फैलिएको संक्रमणप्रति सचेतना अपनाउन १३ बुँदे निर्देशनात्मक प्रस्ताव सरकारलाई पेश गरे लगत्तै सोमबार गृह मन्त्रालयले सार्वजनिक स्थानमा २५ जनाभन्दा धेरै भेला हुन रोक लगाएको छ ।

मंगलबार उपत्यकाका तीनवटै जिल्लाका सिडिओहरूले पनि त्यही निर्देशनलाई कडाइपूर्वक जारी गरे । तर, २४ घण्टा नवित्दै मंगलबार पृथ्वीनारायण शाहको जन्मजयन्तीमा राष्ट्रपति भण्डारी र पूर्वराजा ज्ञानेन्द्र शाहले गरेको भिडले भने सर्वसाधारणलाई प्रश्न गर्ने आधार खडा गरेको टिका टिप्पणी हुन थालेको छ ।

 


Thali Mobile Pvt.Ltd.