भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

पछारिए ट्रम्प, अमेरिकाको ४६ औं राष्ट्रपतिमा बाइडेन विजयी

पछारिए ट्रम्प, अमेरिकाको ४६ औं राष्ट्रपतिमा बाइडेन विजयी

न्यूर्योक । २९० इलेक्टोरल कलेज मतका साथ अमेरिकी राष्ट्रपतिमा जो बाइडेन विजयी भएका छन् । पेन्सिलभेनियामा विजयी भएपछि बाइडेन ४६ औं अमेरिकी राष्ट्रपतिको रुपमा विजयी भएका हुन् । जर्जियामा पनि बाइडेनको अग्रता कायम रहेका कारण बाइडेनले अझै धेरै इलेक्टोरल कलेज मत ल्याउने देखिएको छ ।

औपचारिक रुपमा विजयी घोषणा गर्न बाँकी रहे पनि अहिलेसम्मको मत परिणाम अनुसार बाइडेनलाई विजयी घोषणा गरिएको हो । इलेक्टोरल कलेजहरुले आगामी डिसेम्बरमा बाइडेनलाई औपचारिक रुपमा अमेरिकाको राष्ट्रपतिमा निर्वाचित गर्नेछन्।

अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुनका लागि कम्तीमा २७० इलेक्टोरल कलेज मतको आवश्यकता पर्छ । तर राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले पराजय स्वीकार गरिसकेका छैनन्। उनीसँग अहिलेसम्म २१४ इलेक्ट्रोल कलेज रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.