भर्खरै : Sorry, your browser does not support inline SVG.
२४ घण्टामा १ हजार ९९४ चालक कारबाहीमा, ट्राफिक नियम उल्लंघन तीव्र | लागूऔषधसहित विभिन्न स्थानबाट छब्बिस जना पक्राउ | पश्चिम नेपालमा वर्षा जारी रहने, लुम्बिनीको तराई क्षेत्रमा हावाहुरीको सम्भावना | अमेरिका, बेलायत र अष्ट्रेलियाले पानीमुनि चल्ने ड्रोन प्रविधि विकास गर्ने घोषणा | दुई सुरुङमार्ग अन्तिम चरणमा स् थप सुरुङमार्ग बजेटको उच्च प्राथमिकतामा | ५० युनिटभन्दा बढी बिजुली खपतमा भ्याट, उपभोक्तालाई थप आर्थिक भार पर्ने चिन्ता | रेड नोटिसमा खोजिएकी टिकटकर तुलसा अधिकारी थाइल्यान्डबाट पक्राउ, नेपाल ल्याइयो | विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा, चार करोड बालबालिका जोखिममा |

पठन संस्कृतिको विकास गर्न र अधुसन्धानकर्ताहरुको सहजताको लागि जनज्योति पुस्तकालयमा इ—लाइब्रेरी शुभारम्भ

पठन संस्कृतिको विकास गर्न र अधुसन्धानकर्ताहरुको सहजताको लागि जनज्योति पुस्तकालयमा इ—लाइब्रेरी शुभारम्भ

भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनज्योति पुस्तकालयमा इ–लाईब्ररीको शुभारम्भ भएको छ । भक्तपुर नगरपालिकामा जनप्रतिनिधि बहाल भएको एक वर्ष पुगेको अवसरमा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले कम्प्युटरको माउस क्लिक गरेर शनिबार इ–लाइब्रेरीको शुभारम्भ गरेका हुन । उद्घाटन कार्यक्रममा बोल्दै सांसद सुवालले २१ औं शताब्दीको डिजिटल युगमा सूचना र प्रविधिसँग कोही पनि अछुतो रहन नसक्ने बताउँदै अनलाइनमाध्यमको प्रयोगसँगै अधुसन्धानकर्ताहरुलाई सहज र अध्ययनको दायरा बढ्दै गएको बताए ।पठन संस्कृतिको किास गर्न र अधुसन्धानकर्ताहरुको सहजताको लागि जनज्योति पुस्तकालयमा इ—लाइब्रेरी शुभारम्भ

अनलाइन सञ्चारमाध्यममा राखिएका तथ्य तथ्यांक सँधै सत्य नहुन सक्छन् भन्दै उनले इन्टरनेटमा राखिएका तथ्यहरुलाई आलोचनात्मक व्याख्या गरी जनतालाई साँचो सूचना प्रवाह गर्नु सबैको कर्तव्य भएको जानकारी दिए । नेपाल मजदुर किसान पार्टीले भुटानी शरणार्थीलाई भुटानमै फर्काउनुपर्नेमा निरन्तर जोड दिँदै आएको बताउँदै सांसद सुवालले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणका दोषीलाई हदैसम्मको कारबाही गर्नुपर्ने तर्क गरे ।

रुसले युक्रेनमा युद्ध गरेको झुटा तर्कलाई शासक दलले समर्थन गर्नु आफैमा भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवाद अगाडि आत्मसमर्पणको नीतिअनुरुप भएको उनले प्रष्ट पारे । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नयाँ पुस्तालाई पठन संस्कृतिको विकास गर्ने उद्देश्यले जनज्योति पुस्तकालयको स्तरोन्नतिलाई ध्यानमा राख्दै इ लाइब्रेरीको सुरुवात गरिएको बताए । जिल्ला जिल्लाका धेरै पुस्तकालय बन्द हुने अवस्थामा भक्तपुर नपाले जनज्योति पुस्तकालयलाई अझ सुविधासम्पन्न र व्यवस्थापित बनाउने काम गरेसँगै पाठकहरु उत्साहित बनेको मेयर प्रजापतिले बताए ।पठन संस्कृतिको किास गर्न र अधुसन्धानकर्ताहरुको सहजताको लागि जनज्योति पुस्तकालयमा इ—लाइब्रेरी शुभारम्भ

इ लाइब्रेरी स्थापनासँगै खोज तथा अनुसन्धान गर्नेहरुको निम्ति यसबाट निकै सहज हुने बताउँदै प्रजापतिले भक्तपुर नपाको सन्तुलित विकास गर्ने उद्देश्यअनुसार नपाले काम गर्दै आइरहेको जानकारी दिए । संघीयता कार्यान्वयनको ६ वर्ष बितिसक्दा पनि नेपालमा संघीयताको भावना र मर्मअनुसार काम हुन नसकेको बताउँदै मेयर प्रजापतिले भक्तपुर नपाले संघीयताको राम्रो अभ्यास गरिरहेको जानकारी दिए । बागमती प्रदेशसभा सदस्य सृजना सैंजुले पुस्तक अध्ययनले सभ्य र सुसंस्कृत समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै इ लाइब्रेरीको शुभारम्भसँगै अध्ययन अनुसन्धान तथा उच्च शिक्षा अध्ययन गर्ने नेपाली र अन्तर्राष्ट्रिय विद्यार्थी लाभान्वित हुने बताइन ।

ज्ञानमाथि प्रतिबद्ध लगाउने सिलसिला अझ पनि नेपालमा कायमै रहेको बताउँदै उनले ख्वप विश्वविद्यालयको स्वीकृति दिन ढिलाइ गरिनु आफैमा सरकारको संकुचित र पूर्वाग्राही सोच भएको तर्क गरिन । भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले २१ औं शताब्दीमा सूचना र प्रविधिमा अगाडि बढ्नु अपरिहार्य भएको बताउँदै भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउन यस किसिमको गतिविधिले टेवा पु¥याउने तर्क गजरिन ।

उनले इ लाइब्रेरी शुभारम्भसँगै विज्ञानसम्मत समाज निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताइन । कार्यक्रममा जनज्योति पुस्तकालयका शाखा प्रमुख भूपाल मूलले पुस्तकालयको इतिहास र महत्वमाथि प्रष्ट पार्दै समयको मागअनुसार जनज्योति पुस्तकालयले इ लाइब्रेरीलाई अगाडि बढाएको बताए ।

 

 


Thali Mobile Pvt.Ltd.