भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते | गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर | देशभर मनसुनी वायु सक्रिय, आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | कानुनविपरीत गतिविधिमा संलग्न ४७ विदेशी महिला नेपालबाट देश निकाला | नेपालमा पनि मनाइँदै विश्व डुबेर मृत्यु रोकथाम दिवस, जनचेतना बढाउन जोड | बाढी–पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित, अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध | वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित |

पत्ता लागेकै हो त निर्मला हत्यारा ?

पत्ता लागेकै हो त निर्मला हत्यारा ?

कञ्चनपुर । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्याकाण्डको सन्दर्भमा प्रहरीले एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले पन्तको बलात्कार तथा हत्या घटनाको सन्दर्भमा प्रहरीले एक जना भारतीयलाई पक्राउ गरि अनुसन्धान थालेको जनाएको छ ।
घटनाका बेला तीन जना भारतीय नागरिक कञ्चनपुरको उल्टाखाम क्षेत्रमै बसोबास गरेको पाइएपछि प्रहरीले मध्येका एक जनालाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अघि बढाएको हो ।
नियमित अनुसन्धानको प्रक्रिया अन्तर्गत उनी निगरानीमा रहेको प्रहरी स्रोतले जनाएको छ । २०७५ साउन १० गते बेपत्ता भएकी बालिका पन्त भोलिपल्ट घर नजिकैको उखुबारीमा मृत अवस्थामा भेटिएकी थिइन् । यद्यपि, बलात्कार तथा हत्या घटनामा उनी संलग्न रहेरनरहेको पुष्टि भएको छैन । उनको डिएनए परिक्षणको तयारीमा रहेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.