भर्खरै : Sorry, your browser does not support inline SVG.
दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट | चितवनमा अप्ठेरोमा परेकालाई घरमै खाना पकाउने ग्यास उपलब्ध गराइने | इण्डोनेसियाको जाभा समुद्रमा यात्रुवाहक जहाजमा आगलागी, ५ जनाको मृत्यु | आउँदो तीन दिन मनसुन सक्रिय, भारीदेखि अति भारी वर्षाको सम्भावना | नर्सिङ सुधारको माग गर्दै वीर अस्पतालमा प्रदर्शन | साढे ९ वर्ष बित्दा पनि कञ्चनपुरको हुलाकी सडक अधुरै, ठेकेदारको लापरबाहीले निर्माण अलपत्र |

पत्रकार स्व.बानियाँको परिवारलाई अमेरिकाबाट चार लाख सहयोग

पत्रकार स्व.बानियाँको परिवारलाई अमेरिकाबाट चार लाख सहयोग

तनहुँ । भानु नगरपालिका–१३ मिर्लुङ निवासी कान्तिपुर दैनिकका पत्रकार स्व. बलराम बानियाँको परिवारलाई अमेरिकाबाट चार लाख ३१ हजार ९५१ सहयोग प्राप्त भएको छ ।

बानियाँको १३ औं दिनको पुण्यतिथिको अवसरमा नेपाल–अमेरिका पत्रकार सङ्घले पठाएको उक्त रकम आज नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले बानियाँका छोरी सुष्मिता बानियाँलाई हस्तान्तरण गरेका हुन् । स्व. बानियाँका एक छोरा र एक छोरीको शिक्षादीक्षाका लागि पत्रकार महासङ्घको पहलमा उक्त रकम अमेरिकाका पत्रकारले पठाएका हुन् ।

१३ औं दिनको पुण्यतिथिमा प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलगायतले शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका थिए । साउन २६ गतेदेखि बेपत्ता भएका पत्रकार बानियाँको शव मकवानपुरको सिस्नेरीस्थित माण्डो जलविद्युत आयोजनामा २८ गते भेटिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.