भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

पत्रकारिता छोडेर राजनीतिमा होमिए रवि लामिछाने (भिडियाेसहित)

पत्रकारिता छोडेर राजनीतिमा होमिए रवि लामिछाने (भिडियाेसहित)

काठमाडौं । पत्रकारिता छाडेर रवि लामिछाने राजनीतिमा होमिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका उनले आफूले कुन निर्वाचन क्षेत्रबाट चुनाव लड्ने स्पष्ट खुलाएनन् । आजै निर्वाचन आयोगमा गएर दल दर्ता गर्ने उनले बताएका छन् ।

रविले भने, ‘मलाई निर्वाचन क्षेत्रका बारेमा पनि प्रश्न आइरहन्छ,तपाईँ कुन निर्वाचन क्षेत्रबाट उठ्नुहुन्छ भन्ने प्रश्न आउँछ ।’ झापा, डडेलधुरा, चितवनबाट चुनाव लड्न मन भएको र त्यहाँबाट चुनाव लड्न नडराएको तर सरकारमा को छन् र उनीहरुले विगतमा गरेको चुनाव हेरेर आफू सचेत रहेको उनले बताए ।

राष्ट्रिय सभागृहमा भव्य कार्यक्रमको आयोजना गरी उनले पार्टीका सदस्यहरुको सुझावका आधारमा सुझवुझका साथ उम्मेदवारी घोषणा गर्ने जानकारुी दिए ।

‘आवेशमा आएर होइन, भावनामा बगेर होइन, सुझबुझका साथ जहाँबाट तपाईँहरुको प्रतिक्रिया प्राप्त हुन्छ, जहाँ अधिकांश दर्शकहरुले मलाईमात्र होइन, यहाँ जोडिने उम्मेदवारलाई रुचाउनु हुन्छ, त्यहाँ त्यहाँ उम्मेदवारी दिन्छौं ।’ रविले भने ।

भिडियाे हेर्न यहाँ क्लिक गराैं…

 


Thali Mobile Pvt.Ltd.