रानीकाेट । भक्तपुरकाे पर्यटकीय गन्तव्य मध्यकाे एक रानीकोट गडीमा सरसफाई गरिएको छ । स्थानीय र पर्यटन व्यवसायीको टोलीले उक्त पर्यटकीय गन्तन्य रानीकोट वरिपरिका पर्यटकीय क्षेत्रकाे सरसफाई गरेको हो ।
रानी लुक्ने दरबारका नामबाट परिचिन रानीकोट दरबारको ऐतिहासिकता र महत्व बुझन तथा अवलोक गर्न आउने आन्तरिक तथा वाह्य पर्यटकलाइ अप्ठेरो नहोस भनेर ससफाई गरिएको हाे । ऐतिहासिक महत्व बोकेको उपत्यकाकै एक मात्र उच्च स्थानमा रहेको दरबार रानीकाेट पर्यटकीय केन्द्रबिन्दु पनि हाे ।
सरसफाइ मात्र हाेइन, ऐतिहासिक दरबार जोगाउन पछिल्लो समय स्थानीयले विभिन्न कार्यहरु गरिरहेका छन् । भक्तपुरमा आउदा ऐतिहासिक रानीकोट दरबार र रानीकोट गढी घुम्दा निकै आनन्दकाे अनुभुति हुने गरेकाे र उपत्यकाकाे सुन्दर दृश्यावलाेकन गर्न पाउदा आफुहरुलाई गौरव लागने गरेको कुरा पर्यटकहरुले गर्ने गरेकाे व्यवसायी तथा भिलेज हाइल्याण्ड रिसोर्टका सञ्चालक रामसुन्दर बकेले बताए ।
लकडाउनकाे समयमा र अहिलेकाे काेराेना कहरकै बीचमा पनि आन्तरिक पर्यटककाे उपस्थितिले गन्तव्यकाे उत्साह झल्किरहेकाे व्यवसायी बकेकाे भनाइ छ । जसका कारण स्थानीय र व्यवसायी मिलेर सरसफाई गरेको उनकाे भनाइ छ ।
तस्बीरमा…

