भर्खरै : Sorry, your browser does not support inline SVG.

पहिरोमा परी स्याङजामा २ जनाको मृत्यु

पहिरोमा परी स्याङजामा २ जनाको मृत्यु

स्याङजा ।  स्याङ्जामा २ जनाको मृत्यु भएको छ । बाढी र पहिरोमा परी स्याङजाको विभिन्न ठाउँमा २ जनाको मृत्यु भएको हो । पहिरोमा परी ८ जना वेपत्ता भएका छन् । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ गौतमडाँडाका १६ वर्षीय विष्णु दमाईको पहिरोमा परी मृत्यु भएको छ । पहिरोमा बाबुराम दमाई र जगतबहादुर दमाईको घरमा पूर्णरुपमा क्षति पु¥याएको छ । राती २ बजे खसेकोे पहिरोले विष्णुलाई पुरेको थियो ।

एक जनाको उद्धार गरी उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ लगिएको छ । बिहान साढे ५ बजे उनलाई उद्धार टोलीले विष्णुलाई मृत अवस्थामा फेला पारेको थियो । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय उद्धारमा जुटेका छन् ।

स्याङ्जाको वालिङ नगरपालिका–१४ तमादीमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ । मृतकको नाम नखुलिसकेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.