पहिरोले घर बगाउँदा तीन जना बेपत्ता

पहिरोले घर बगाउँदा तीन जना बेपत्ता

फिदिम । अविरल वर्षासँगै पहिरो गएर पाँचथरमा एक घर बगाउँदा तीन जना बेपत्ता भएका छन् ।

फालेलुङ गाउँपालिका वडा नं. ७ विहीदिनका रुपलाल मगरको घर पहिरोले बगाउँदा ४२ वर्षीय रुपलालसहित तीन जना बेपत्ता भएका हुन् । उनकी ३८ वर्षीया श्रीमती गोमा मगर र १९ वर्षीया भतिजी एलिसा मगर बेपत्ता भएका छन् ।

रुपलालका काका ७१ वर्षीय दलप्रसाद मगर भने पहिरोमा उछिट्टिएर बाँच्न सफल भए ।

शुक्रबार राती करिब १०ः१५ बजे पहिरो झरेर ढुङ्गा, माटोले बनेको रुपलालको घर तथा गोठ बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । बेपत्ताको खोजी कार्य भइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.