भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पहिलो पटक पुगिन् अरबी महिला अन्तरीक्षमा

पहिलो पटक पुगिन् अरबी महिला अन्तरीक्षमा

काठमाडौं । पहिलो पटक एक अरबी महिला फल्कन–९ रकेट मार्फत अन्तरीक्षमा पुगेकी छन्। आइतबार अमेरिकाबाट प्रक्षेपण गरिएको स्पेस एक्सको फल्कन–९ रकेट मार्फत साउदी अरबकी रेयाना बर्नावी अन्तरीक्षमा पुगेकी हुन्।

यस निजी मिसनमा साउदीका अर्का एक पुरुष पनि सहभागी रहेको बताइन्छ। बर्नावी अन्तर्राष्ट्रिय स्पेस स्टेशन आईएसएसमा १० दिन रहने छन्।

यता बीबीसीका अनुसार बर्नावी बायोमेडिकल वैज्ञानिक हुन् । उनी अन्तरिक्षमा रहने अवधिमा स्टेम सेल र स्तन क्यान्सरबारे अनुसन्धान गर्ने छिन्।

बर्नावीले रियाद स्थित किङ फैसल स्पेसियालिस्ट हस्पिटल एन्ड रिसर्च सेन्टरमा स्टेम सेल र तन्तुको पुनः बनावटबारे परियोजनामा अनुसन्धान प्रयोगशाला प्राविधिकका रुपमा गरेको अनुभवका आधारमा त्यँहा प्रयोग गर्नेछिन् ।

बर्नावीसंगै गएका अरबी पुरुष अली अलकर्नी अन्तरिक्षमा पुग्ने दोस्रो अरबी पुरुष हुन्। उनी मिसन विशेषज्ञसमेत हुन्। उनीहरुसँग दुई अमेरिकी सहभागी छन्। उनीहरु स्पेस एक्सको ड्रागन अन्तरिक्षयानमार्फत् अन्तरिक्षमा पुगेका थिए।

साउदी अरबमा महिलाहरुले आफैँ गाडी चलाउने अधिकार सन् २०१८ मा मात्रै पाएका थिए। मानव अधिकारकर्मीहरुले पुरुष अभिभावकत्वको कानुनले यहाँ अझै पनि महिलाका अधिकारहरु सीमित गरेको आरोप लगाउने गरेका छन्।

 


Thali Mobile Pvt.Ltd.