भर्खरै : Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह |

पाँच वर्ष बित्यो तर पुलको दुई पिल्लर मात्रै ठडिए

पाँच वर्ष बित्यो तर पुलको दुई पिल्लर मात्रै ठडिए

प्यूठान । पुल निर्माण गर्न थालेको पाँच वर्ष बितिसक्दा पनि झिमरुक नदीको वारिपारि दुईवटा पिलरमात्रै ठडिएका छन् । २०७४ मा निर्माण सुरु भएको ऐरावती गाउँपालिकाको झिवाङमा पुलको अहिलेसम्म १० प्रतिशतमात्रै काम भएको हो ।

पुल नहुँदा वर्षायाममा गाउँ सडक सञ्जालसँग विच्छेद हुने गरेको ऐरावती–५ झिवाङका रामबहादुर रोका क्षत्रीले बताए । समयमै पुल निर्माणको काम नहुँदा आफूहरूलाई समस्या भइरहेको स्थानीयले बताएका छन् ।

पुल अभावमा यातायातका साधन चल्न सकेका छैनन् । १२ करोड २४ लाख ५९ हजार ७ सय ७४ रुपैयाँमा पुलको ठेक्का सम्झौता भएको थियो । सपना जयबागेश्वरी जेभीले निर्माणको ठेक्का पाएको हो ।

११ करोड ७९ लाख ८० हजार ६ सय ४१ रुपैयाँ लागतमा ठेक्का सम्झौता भएको बरौला–अर्लावाङ जोड्ने पक्की पुल पनि सम्झौता भएको मितिले दुई वर्ष बितिसक्दा पनि काम सुरु भएको छैन । ठेकेदार कम्पनीले डिजाइन अनुसारको पुल निर्माण गर्न नसकिने बताउँदै आएको छ ।

सपना जयबागेश्वरी जेभीका प्रतिनिधि वीरेन्द्र शाहीले पुलको डिजाइनमै समस्या रहेको बताए । दुईवटै पुलमा पाइल फान्डेसनमार्फत निर्माण गर्ने सम्झौता भएको हो ।

तर, उक्त स्थानमा पाइल फाउन्डेसनमा पुल बनाउन सकिने अवस्था छैन । पुल निर्माण गर्ने स्थानमा कडा खालको चट्टान हुँदा समस्या भएको भन्दै ठेकेदार कम्पनीले झिवाङ र बरौलाका दुवै पुलको पुनः स्टिमेटका लागि सडक डिभिजन कार्यालयमा निवेदन दिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.