भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवा जाने वैकल्पिक सडक स्तरोन्नतिमा मुख्यमन्त्री थापा आफैँ मैदानमा | भोटेकोशी बाढीको कहर : मृतक संख्या ९०३ पुग्यो, ४ हजारभन्दा बढी अझै सम्पर्कविहीन | चितवनमा पहिचान नखुलेका १०३ शव व्यवस्थापन, डीएनएबाट पहिचान खुले झिक्न सकिने | रसुवा–नुवाकोटका २६ स्थानमा राहत केन्द्र, ३ हजारभन्दा बढी प्रभावितलाई आश्रय | जेलबाट मादुरोको सन्देश : ‘हामी दृढ छौँ, भेनेजुएला पुनः उठ्नेछ’ | युद्ध र आर्थिक संकटको दोहोरो मारमा इरान, जनजीवन दिनप्रतिदिन कष्टकर | कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाडौंमा अत्यावश्यक वस्तुको अभाव नहुने | जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धार जारी, पाँच सयभन्दा बढी सुरुङभित्र रहेको अनुमान |

पाइन्टभित्र लुकाएको सुनसहित त्रिभुवन विमानस्थलबाट ३ जना पक्राउ

पाइन्टभित्र लुकाएको सुनसहित त्रिभुवन विमानस्थलबाट ३ जना पक्राउ

काठमाडौं । पाइन्टभित्र लुकाएको सुनसहित तीनजना नेपाली पक्राउ परेका छन् ।

शनिबार बिहान जजिरा एअरलाइन्सको जे ९ ५३९ जहाजमार्फत कुवेतबाट नेपाल आएका उनीहरूलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।

पाइन्टको भित्री भागमा लुकाएर बाहिरबाट सिलाएर लुकाई राखेको अवस्थामा २ सय ६० ग्राम सुन भन्सार कार्यालयले नियन्त्रणमा लिएको छ।

तीनैजना यात्रुलाई अन्य व्यक्तिले १ र १ वटा पाइन्ट दिएर लगाई जान भनेको र नेपाल पुगेपछि ती पाइन्ट अन्य व्यक्तिलाई बुझाएपछि केही रकम पाउने आसा देखाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पक्राउ पर्नेमा प्रकाश दुनुवार, भुमाकुमार माझी र सरोज मोची रहेको प्रहरीले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.