भर्खरै : Sorry, your browser does not support inline SVG.
ट्रम्पको चेतावनीबीच ताइवानको कडा अडानः ‘हामी स्वतन्त्र र सार्वभौम लोकतान्त्रिक राष्ट्र हौँ’ | हेमन्त कान्छा रसाइलीको नयाँ गीत ‘चौतारीमा’ रिलिज | मलेसिया रोजगारीमा तीन लाख असुल्ने म्यानपावरमाथि स्टिङ अपरेशन, एजेन्ट पक्राउ | कङ्गोमा इबोला प्रकोपः ८० जनाको मृत्यु, डब्लुएचओद्वारा विश्व स्वास्थ्य आपतकाल घोषणा | कामिरिता शेर्पाले ३२औँ पटक सगरमाथा आरोहण गर्दै आफ्नै कीर्तिमान तोडे, ल्हाक्पा शेर्पाको ११औँ आरोहण | थानकोटमा घरायसी विवादले उग्र रूप लिँदा युवकको चक्कु प्रहार गरी हत्या, भिनाजु पक्राउ | सिराहामा १९ लाखभन्दा बढी मूल्यका अवैध सामानसहित दुई जना पक्राउ | आजदेखि गंगा दशहरा शुरु, अधिकमासमै किन मनाइँदैछ पर्व ? |

पाटन दरबार सङग्रहालयमा पर्यटकको आवागमन बढ्यो

पाटन दरबार सङग्रहालयमा पर्यटकको आवागमन बढ्यो

ललितपुर । विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक पाटन दरबार सङ्ग्रहालयमा विदेशी पर्यटकको आवागमन बढेको छ । ललितपुर महानगरपालिका–१६ स्थित सो सङ्ग्रहालय कोरोना महामारीेसँगै बन्द गरिएको थियो । कोरोनाको जोखिम कमभएसँगै गत भदौ २३ गतेदेखि सर्वसाधारणका लागि सङ्ग्रहालय खुलाइएको निमित्त कार्यकारी निर्देशक सुरेशमान लाखेले जानकारी दिए । उहाँले भन्नुभयो, “दोस्रो बन्दाबन्दी सकिएर सङ्ग्रहालय खुलेसँगै विदेशीको चहलपहल पाटनमा दिनानुदिन बढ्दै गइरहेको छ ।”

आइतबारसम्म कूल ८०२ अन्य मुलुक व्यक्तिले सङ्ग्रहालय अवलोकन गरिसकेका उनले जानकारी दिए । भारत, चीन, इजरायल, अष्ट्रेलिया र स्पेनका पर्यटक दरबार क्षेत्र घुम्न आउने क्रम बढिरहेको एकद्वार पर्यटन शुल्क व्यवस्थापन तथा कार्यान्वयन समितिका प्रमुख सविना महर्जनले बताइन्। उहाँले भन्नुभयो, “सङग्रहालय भ्रमण गर्ने स्वदेशी आगन्तुकको सङ्ख्या पनि हरेक दिन बढी नै रहेको छ ।” खुलाइएको लगभग दुई महिनामा कूल पाँच हजार नौले सङ्ग्रहालय घुमेका उनले जानकारी गराइन् ।patan-darbar

बिहान १० देखि साँझ साढे चारसम्म सङ्ग्रहालय खुला हुने गर्छ । दरबार क्षेत्रमा मानिसको चहलपहल बढेसँगै आफूहरु पनि दिनभरि घाम तापेर परिसरमा बस्ने गरेको सुन्धाराका आशाराम महर्जनले बताइन्। तिहार नजिकिएसँगै दरबार क्षेत्रमा भीड वढेको छ । सङग्रहालय रहेको पाटन दरबार क्षेत्रलाई युनेस्कोले विश्व सम्पदा क्षेत्रमा घोषित गरिसकेको छ । सो क्षेत्रको कलाकारितालाई हेरेर कतिपयले सुन्दरताको सहरका नामलेसमेत सम्बोधन गर्ने गरेको पाइन्छ ।

पाटनको सबैभन्दा महत्वपूर्ण क्षेत्रका रूपमा दरबार क्षेत्रलाई लिइन्छ । यहाँ शिखरशैलीमा ढुङ्गाबाट निर्मित नेपालको एक मात्र २१ गजुर भएको कृष्ण मन्दिरका साथै भीमसेन अनि नरसिंह तथा जगत्नारायण आदिको मन्दिर छन् । सङग्रहालय रहेको पाटन क्षेत्र धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक मन्दिरै मन्दिरका रूपमा परिचित नेपाल उपत्यकाको प्राचीन र महत्वपूर्ण तीन सहरमध्ये सबैभन्दा पुरानो मानिन्छ । पाटनमा मुलुककै लामो मच्छिन्द्रनाथ रथयात्रा, भोटो देखाउने जात्रा, भीमसेन खटजात्रा, कार्तिक नाच, कृष्ण जन्माष्टमी पर्व, कुम्भेश्वर मेला आदि मनाइन्छन् ।

पाटन दरबारमा काष्ठकला, मूर्तिकला, प्रस्तरकला, धातुकला र हस्तकलाका विभिन्न सामग्री निमाण भई चीनको खासा अनि ल्हासा र भुटानको थिम्पुसम्म व्यापार हुने गर्छन् । सङग्रहालयभित्र सातौँ शताब्दीको उमामहेश्वर मूर्तिको फलकका साथै १४ शताब्दीको विष्णुकमलाज अर्थात् लक्ष्मीनारायणको मूर्तिसमेत अवलोकन गर्न पाइन्छ । यसैगरी सङ्ग्रहालयमा छैटौँदेखि २०औँ शताब्दीसम्मका प्रस्तर कलाका मूर्ति रहेका छन् । पाटन सङ्ग्रहालयभित्र सन् १६६६ को राजा श्री निवास मल्लको सिंहासन हेर्न सकिन्छ ।

दरबार सङ्ग्रहालय सेरोफेरोमा लिच्छविकालदेखिका अभिलेख अनि मूर्तिकला तथा स्थापत्य अर्थात् ढुङ्गेधारा र चैत्यका प्रमाणहरु पाइन्छन् । विसं २०१९ मा ललितपुर दरबारलाई जीवन्त राख्न तथा सर्वसाधारणका लागि खुला गर्ने उद्देश्यअनुरुप सङ्ग्रहालयमा परिणत गरिएको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय पूर्वप्रमुख सन्दीप खनालले बताए ।

 


Thali Mobile Pvt.Ltd.