भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

पार्टी गतिविधि जनतामाझ लैजानुपर्छः बिजुक्छेँ

पार्टी गतिविधि जनतामाझ लैजानुपर्छः बिजुक्छेँ

भक्तपुर । पार्टीका गतिविधिलाई जनताबीच अझ बढी सेवाभावका साथ सक्रियरूपमा लैजान नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले कार्यकर्तालाई निर्देशन दिएका छन् ।

बिहीबारदेखि भक्तपुरमा सुरु भएको पार्टीको ३२औँ केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै बिजुक्छेले राजनीतिक स्वार्थ र अन्तर्राष्ट्रिय परिस्थितिका कारण देश अहिले सङ्कटमा पर्दै गएको बताएका छन् ।

बैठकमा एमसिसी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति र वर्तमान राजनैतिक अवस्थाका बारेमा विश्लेषण भएको बैठकमा सहभागी केन्द्रीय सदस्यले बताए ।

कोभिडले निम्त्याएका समस्या, पार्टीको नौ महिनाका गतिविधिका बारेमा समिक्षा भएको छ । पार्टीको केन्द्रीय समिति बैठक भोलिसम्म चल्ने छ ।

 


Thali Mobile Pvt.Ltd.