भर्खरै : Sorry, your browser does not support inline SVG.
तीन मौसमी प्रणाली सक्रिय : बुधबार देशभर चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना | क्यान्सर अस्पतालमा औषधि अभाव | अमेरिका–इरान तनाव फेरि चर्कियो : नयाँ हवाई आक्रमणपछि युद्धविराम संकटमा, होर्मुज र आणविक वार्ता थप पेचिलो | उपचार खर्च फिर्ता प्रकरणमा सचिवालय बैठकमै ओलीलाई प्रश्न, तर आएन जवाफ | संसदमै आर्यन राईको प्रश्न- ‘जीवी राई कहिले पक्राउ पर्छन् ?’ | इरान सम्झौतामा ट्रम्पको कडा सन्देश, ‘हतार छैन, समय अमेरिकाकै पक्षमा’ | कर्णालीमा बढ्दै महिला अटोचालकको संख्या, आत्मनिर्भरतर्फ महिलाको नयाँ यात्रा | डीएनएसम्बन्धी छुट्टै कानुन बनाउन विज्ञहरूको दबाब, जनशक्ति अभावप्रति चिन्ता |

पिन्थलीमा ‘एक घर, एक धारा’ निर्माण हुँदै

पिन्थलीमा ‘एक घर, एक धारा’ निर्माण हुँदै

काभ्रे । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ पिन्थलीमा ‘एक घर, एक धारा’ निर्माण अभियान शुरु भएको छ । यसअघि खानेपानीको धारा भए पनि टोलका घरले सामूहिकरूपमा धाराको पानी उपभोग गर्दै आएको थियो । त्यसरी पानी उपभोग गर्दा समस्या झेल्नुपरेका त्यहाँका बासिन्दाका लागि अब ‘एक घर, एक धारा’ निर्माण गरी खानेपानी उपलब्ध गराउने भएको हो ।

वाग्मती सरकारको आर्थिक सहयोग तथा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सिन्धुपाल्चोकको आयोजनामा निर्माणकार्य शुरु भएपछि अब यहाँका बासिन्दाले आगामी पुसदेखि घरघरमा खानेपानीसहितको धारा पाउने भएका छन् । सम्झौताअनुसारकै समयावधिभित्र काम सम्पन्न गरी काम भइरहेको रोशी गाउँपालिका वडा नं ९ का वडाध्यक्ष जनम तामाङले बताउनुभयो । उहाँका अनुसार करिब ४५ प्रतिशत काम सम्पन्न भइसकेको छ । “पुसभित्र जसरी पनि स्थानीय बासिन्दाको घरघरमा खानेपानी पु¥याउने लक्ष्य पूरा गर्नेछौँ”, तामाङले भन्नुभयो, “तोकिएको समयमा नै काम सकाउने गरी निर्माणकार्य अगाडि बढिरहेको छ ।” तीन महिनामा सम्पन्न गरेर जनताको घरघरमा खानेपानी पु¥याउने लक्ष्यका साथ काम भइरहेको छ ।

यहाँका बासिन्दाले अहिलेसम्ममा सामूहिक धाराको पानी उपभोग गर्दै आउनुभएको छ । धेरै घरको सामूहिक धारा हुँदा पानी थाप्न पनि लाइन बस्नुपर्ने अवस्था रहेको स्थानीय बासिन्दा अक्कलबहादुर लामाले बताउनुभयो । “अब एक घर, एक धारा अभियानअन्तर्गत आयोजना सम्पन्न भएपछि हरेकले घरघरमा खानेपानीसहितको धारा पाउने भएका छन्”, उहाँले भन्नुभयो, “पहिला धारा टोलटोलमा थियो, अब घरघरमा हुने भएको छ ।”

रोशीखोलाको पानी गाउँभन्दा माथि बनाएको ट्याङ्कीमा तानेर त्यहाँबाट घरघरमा पानी वितरण गर्न लागेको छ । त्यसका लागि अहिले गाउँभन्दा माथि डाँडामा एक लाख लिटर क्षमताको खानेपानीको ट्याङ्की निर्माण भइरहेको छ । जसबाट पिन्थलीमा रहेको १६० घरधुरीका बासिन्दा लाभाविन्त हुनेछन् । रु एक करोड २३ लाख ८९ हजार ६०४ भ्याटबाहेकको आर्थिक सहयोगमा सो आयोजनाको काम धमाधम भइरहेको छ । आयोजना जेभी कन्स्ट्रक्शनले २०७७ वैशाख २७ गते सम्झौता गरी काम शुरु गरेको हो । सो आयोजना आगामी पुस १० गतेभित्र सम्पन्न गरिसक्नुपर्ने छ । जसमा १० प्रतिशत जनताको सहभागिता रहने छ । ट्याङ्कीबाट घरघरसम्म लाने पाइप पुर्नका लागि जनश्रमदान गर्न स्थानीयवासी उत्साहित भएका छन् । खानेपानी घरमै आउने भएपछि स्थानीयवासी खुशी छन् । रासस

 


Thali Mobile Pvt.Ltd.