काठमाडौं । नेता वामदेव गौतम पुनः सक्रिय भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मुसार्न पुगेका गौतमले विहिवार लामो संवाद गरेका छन् ।
कम्युनिस्ट पार्टीहरूलाई एकीकृत गरेर लैजाने अभियानमा जुटेको भन्दै ओलीलाई फकाएका हुन् । उनले नेपाल कम्युनिस्ट पार्टी (एकता राष्ट्रिय अभियान) घोषणा गरे लगतै भेटघाटमा जुटेका छन्।
एमाले कालमा नवौं महाधिवेशनमा ओली पक्षमा वामदेव लागेकै कारण ओली अध्यक्ष निर्वाचित भएका थिए । २०७७ फागुन २३ मा नेकपा खारेज भएपछि निस्क्रिय जस्तै भएका गौतम फेरी सक्रिय भएका छन् ।
